२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
एनआरएनए पोर्चुगलद्वारा आर्थिक पारदर्शिताका लागि सङ्कलित रकम बैंक खातामा जम्मा गर्न आह्वान संसदको गतिरोध: विपक्षीको विरोध, सरकारको बिजनेस प्रभावित प्रधानमन्त्री जिम्मेवार नभएकाले संसद सुचारु हुन सकेनः काँग्रेस शिक्षा र स्वास्थ्यमा प्रस्तावित कर नीति उपयुक्त नभएको करविद् चन्द्रमणि अधिकारीको टिप्पणी एमाले अध्यक्ष ओलीको आग्रह : एकताबद्ध भएर जनतामाझ सक्रिय हुनुस् बीवाईडी कर छली प्रकरण छानविनका लागि तत्काल संसदीय छानविन समिति गठन गर्नुपर्दछः हर्कराज राई प्रधानमन्त्रीलाई नेकपा सांसद चन्दको प्रश्नः हामीले भारतको सीमा मिचेका छौँ, भन्ने जानकारी कसले दियो ? दुग्ध विकास बोर्डलाई प्रभावकारी र परिणाममुखी बनाउन मन्त्री चौधरीकाे आग्रह पूर्वअर्थमन्त्री महतले भने: २१ खर्ब २४ अर्बको बजेट महत्वाकांक्षी तर कार्यान्वयनयोग्य सभामुखले संसदलाई पेलेर लैजाने नीतिले सही गन्तव्यमा पुग्न सकिँदैनः सांसद शाही
तपाईं के खोज्दै हुनुहुन्छ ?

नौ महिनादेखि अन्तरिक्षमा फसेकालाई लिन गएको मस्कको अन्तरिक्ष यान अन्तरिक्ष स्टेशन पुग्यो



अ+ अ-

एजेन्सी । एलोन मस्कको कम्पनी स्पेसएक्सको अन्तरिक्षयान ड्र्यागन करिब २८ घण्टापछि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा पुगेको छ ।

यो अन्तरिक्ष यानले ९ महिनादेखि अन्तरिक्ष स्टेशनमा फसेका भारतीय–अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोरलाई पृथ्वीमा फर्काउनेछ ।

चार सदस्यीय क्रु–१० टोलीले शनिबार नेपाली समय अनुसार अपराह्न ४ः४५ बजे स्पेसएक्सको फाल्कोन ९ रकेटबाट उडेको थियो । यो फ्लोरिडाको केनेडी स्पेस सेन्टरबाट प्रक्षेपण गरिएको थियो ।

क्रु–१० अन्तरिक्ष स्टेशनमा पुगेपछि, क्रू–९ अन्तरिक्ष यात्री निक हेग, सुनिता विलियम्स, बुच विल्मोर र अलेक्ज्याण्डर गोर्बुनोभ ड्र्यागन अन्तरिक्ष यानमा पृथ्वीमा फर्कनेछन् ।

यी चार अन्तरिक्ष यात्रीहरू मार्च १९ पछि अन्तरिक्ष स्टेशनबाट पृथ्वीको लागि प्रस्थान गर्नेछन् ।

सुनिता विलियम्स र बुच विल्मोर जुन ५, २०२४ मा बोइङको स्टारलाइनर अन्तरिक्षयानमा सवार भएर अन्तरिक्ष स्टेशन गएका थिए । यो ८ दिने मिसन थियो तर प्राविधिक समस्याका कारण हुन सकेन ।

अन्तरिक्ष यानलाई कुनै चालक दल बिना अन्तरिक्ष स्टेशनबाट प्रक्षेपण गरिएको थियो । अहिले यी अन्तरिक्ष यात्रीहरू त्यहाँ फसेको करिब ९ महिना भइसकेको छ ।




भर्खरै