२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार प्रधानमन्त्रीलाई काँग्रेस नेता केसीको सुझावः इतिहास अध्ययन गर्नुस् निर्वाचन समीक्षा र संगठन पुनर्गठनका लागि एमालेले देशव्यापी सुझाव सङ्कलन अभियान चलाउने एमाले कार्यदल बैठकको निर्णय: असार १९ सम्म देशव्यापी सुझाव सङ्कलन कार्यक्रम प्रधानमन्त्री शाहको अभिव्यक्तिप्रति एमाले सांसद मिनान्सी रखालको आपत्ति, माफी र राजीनामाको माग महाधिवेशनको विषयमा पार्टीका नेतासँग संवाद भइरहेको छ : सभापति थापा सरकारद्वारा २५ अत्यावश्यक सेवामा हडताल निषेध विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित, सरकार र राजनीतिक दलप्रति अध्यक्ष दाहालको असन्तुष्ट सरकारले दबाब दिएर मात्रै नतिजा आउँदैनः पूर्वउपाध्यक्ष पोखरेल बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

चुनाव कति पटक लड्न पाउने भन्ने विषयमा बहस गरौंः सांसद ज्वाला



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सांसद प्रकश ज्वालाले लोकसेवामा ६ पटकभन्दा बढी परिक्षा दिन निषेध गर्नेगरी कानूनी व्यवस्था गर्नु गलत भएको बताउनुभएको छ ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै सांसद ज्वालाले यस्तो बताउनुभएको हो ।

कुनैपनि नागरिकलाई परिक्षाबाट नै दिन नपाउने गरी सिन्डिकेट गर्नु संविधानको भावनाविपरित भएको उहाँको भनाइ छ । संसदले लोक सेवा आयोगको परीक्षा ६ पटकसम्म मात्रै दिन पाउने गरी कानून बनाउन लागेको छ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलमा रहेको ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा एक जनाले कति पटकसम्म लोक सेवा परीक्षा दिन पाउने भनी सीमा तोक्न लागिएको छ । सांसद ज्वालाले सरकारले रोजगारीको विकल्प पनि नदिने परिक्षामा प्रतिष्पर्धा गर्न पनि रोक्नु मौलिक अधिकारबाट वञ्चित गर्नुभएको बताउनु भयो । उहाँले लोकसेवा लड्ने उमेर भएसम्म परीक्षा दिन पाउनुपर्ने माग राख्नुभयो । उहाँले लोक सेवाको परिक्षा नभई राष्ट्रपति, प्रधानमन्त्री मन्त्री कति पटक हुन पाउने भन्ने विषयमा बहस गर्न जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘लोकसेवामा ६ पटकभन्दा बढी परिक्षा दिन निषेध गर्नेगरी कानूनी व्यवस्था गरिँदैछ भने त्यो गलत छ । कुनै नागरिकलाई परिक्षा नै दिन नपाउने गरी सिन्डिकेट गर्नु संविधानको भावनाविपरित छ । यसरि परिक्षाबाट नै वञ्चित गर्नु नेपाली युवाहरुलाई अझ बढी खाडि र मलेसियारतिर धकेल्नु हो । सरकारले रोजगारीको विकल्प पनि नदिने परीक्षामा प्रतिष्पर्धा गर्न पनि रोक्ने, मौलिक अधिकारबाट वञ्चित गर्नु हो । त्यसकारण लोकसेवा लड्ने उमेर भएसम्म परीक्षा दिन पाउनु पर्दछ । राजनीतिक नियुक्ति कति पटक खान पाउने, चुनाव कति पटक लड्न पाउने र राष्ट्रपति, प्रधानमन्त्री र मन्त्री कति पटक हुन पाउने विषयमा बहस गरौं ।’

उहाँले राजनीतिक नियुक्ति र चुनाव कति पटक लड्ने भन्ने विषयमा बहस गर्नुपर्ने समेत बताउनु भयो ।