२६ जेष्ठ २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजको मौसम पूर्वानुमानः आँशिकदेखि समान्य बदली



अ+ अ-

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले नेपालमा मनसुनी न्युन चापीय रेखा हाल दक्षिण तर्फ अवस्थित रहेको र बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभाबका कारण जलवाष्पयुक्त हावा देशभर भित्रिएकोले देशभर आँशिकदेखि सामान्य बदली भएको जनाएको छ ।

आइतबार पूर्वानुमान महाशाखाले एक सूचना जारी गर्दै हाल देशभर हाल देशभर आँशिकदेखि समान्य बदली भइरहेको जानकारी दिएको छ । आइतबार दिउँसो देशभर आँशिकदेखि समान्य बदली रही  केहि स्थानहरुमा मेघगर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख गरिएको छ । 

यसैगरी, राति देशभर  सामान्यतया बदली रही  केहि स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।