२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार प्रधानमन्त्रीलाई काँग्रेस नेता केसीको सुझावः इतिहास अध्ययन गर्नुस् निर्वाचन समीक्षा र संगठन पुनर्गठनका लागि एमालेले देशव्यापी सुझाव सङ्कलन अभियान चलाउने एमाले कार्यदल बैठकको निर्णय: असार १९ सम्म देशव्यापी सुझाव सङ्कलन कार्यक्रम प्रधानमन्त्री शाहको अभिव्यक्तिप्रति एमाले सांसद मिनान्सी रखालको आपत्ति, माफी र राजीनामाको माग महाधिवेशनको विषयमा पार्टीका नेतासँग संवाद भइरहेको छ : सभापति थापा सरकारद्वारा २५ अत्यावश्यक सेवामा हडताल निषेध विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित, सरकार र राजनीतिक दलप्रति अध्यक्ष दाहालको असन्तुष्ट सरकारले दबाब दिएर मात्रै नतिजा आउँदैनः पूर्वउपाध्यक्ष पोखरेल बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्तामोहका लागि असैद्धान्तिक गठबन्धन गर्ने प्रवृत्तिका कारण लोकतान्त्रिक अभ्यासमा समस्या आयोः सांसद शर्मा



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले राजनीतिक दलहरु गणतन्त्र र जनताको जनजीविकामा सुधार गर्नुभन्दा सत्तामोह र अवसर पाउँदा असैद्धान्तिक गठबन्धन गर्ने प्रवृत्तिका कारण लोकतान्त्रिक अभ्यासमा समस्या आएको बताउनुभएको छ ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद शर्माले यस्तो बताउनुभएको हो । उहाँले लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र भएको कारण राजतन्त्र फर्किने कल्पना नगर्न समेत चेतावनी दिनुभयो । आफूलाई राजतन्त्र फर्किने डर नभई आफ्ना कमिकमजोरी सच्याउनसक्छौं कि सक्दैनौं भन्ने डर रहेको बताउनु भयो । उहाँले उहाँले संविधान कार्यान्वयनको दोस्रो कार्यकालसम्म आइपुग्दा जन आवश्यकताअनुसार कानून बनाउन नसक्नु कसको दोष हो ? भन्दै प्रश्न गर्नुभयो ।

उहाँले भन्नसभयो, ‘हामीले संविधान निर्माण भएपनि मुलुकको अवस्था सुधार्न दत्तचित्त भएर लाग्नुपथ्र्यो । गणतन्त्र र जनताको जनजिविकामा सुधार गर्नुभन्दा पनि पार्टीहरुबीच र नेतहरुबीच कुर्सीको छिनाझप्टि, सत्तामोह, एकअर्काप्रतिका लागिगलौच र लाञ्छना र अवसर पाउँदा सबै असैद्धान्तिक गठबन्धमा सामेल हुने प्रवृत्तिका कारण लोकतान्त्रिक अभ्यासमा केही समस्या र अविश्वास पैदा भएका हुन् । मलाई त राजतन्त्र फर्किन्छ भन्ने डर छँदैछैन । हाम्रा कमिहरु सच्याउन सक्छौं कि सक्दैनौं भन्ने डर मात्र छ । संविधान कार्यान्वयनको दोस्रो कार्यकालसम्म आइपुग्दा संविधान कार्यान्वयनमार्फत अधिकारको प्रयोग गर्ने, जनचाहाना, आवश्यकताअनुसार कानून बनाउन नसक्नु हामी कसको दोष हो ?’

प्रदेशलाई प्रभावकारी र स्थानीय तहलाई बलियो नबनाउने समस्याको पछाडि केन्द्रिकृत मानसिकताको गल्ति हो भन्ने स्विकार्न गल्ति गर्न नहुने उहाँको भनाइ छ ।