२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्रीलाई काँग्रेस नेता केसीको सुझावः इतिहास अध्ययन गर्नुस् निर्वाचन समीक्षा र संगठन पुनर्गठनका लागि एमालेले देशव्यापी सुझाव सङ्कलन अभियान चलाउने एमाले कार्यदल बैठकको निर्णय: असार १९ सम्म देशव्यापी सुझाव सङ्कलन कार्यक्रम प्रधानमन्त्री शाहको अभिव्यक्तिप्रति एमाले सांसद मिनान्सी रखालको आपत्ति, माफी र राजीनामाको माग महाधिवेशनको विषयमा पार्टीका नेतासँग संवाद भइरहेको छ : सभापति थापा सरकारद्वारा २५ अत्यावश्यक सेवामा हडताल निषेध विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित, सरकार र राजनीतिक दलप्रति अध्यक्ष दाहालको असन्तुष्ट सरकारले दबाब दिएर मात्रै नतिजा आउँदैनः पूर्वउपाध्यक्ष पोखरेल बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द कांग्रेसले बोलायो सिंहदरबारमा विपक्षी दलहरूको संयुक्त बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थ मन्त्रालय सुपर मिनिस्ट्रीको मानसिकतामा छैनः अर्थमन्त्री



अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले अर्थ मन्त्रालय सुपर मिनिस्ट्रीको मानसिकतामा नरहेको बताउनुभएको छ ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयकमाथि संशोधनकर्ता सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै मन्त्री पौडेलले यस्तो बताउनुभएको हो ।

उहाँले आफू मन्त्री रहेसम्म अर्थ मन्त्रालय सुपर मिनिस्ट्री हो भन्ने भ्रममा नरहने स्पष्ट पार्नुभयो । उहाँले विधेयकमा योजना आयोग र महालेखा परीक्षकको कार्यालयको भुमिकालाई संकुचन गर्न खोजेको सांसदहरुले लगाएको आरोप अस्वीकार गर्नुभयो । उहाँले कसैको अधिकार संकुचन गर्नुभन्दा पनि बजेट निर्माणको नेतृत्व अर्थ मन्त्रालयले लिने गरि विधेयक निर्माण गरिएको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अर्थ मन्त्रालय सुपर मिनिस्ट्रीको मानसिकतामा छैन । र रहँदैन । कम्तिमा पनि यो अर्थमन्त्री रहँदासम्म अर्थ मन्त्रालय सुपरमिनिस्ट्री हो भन्ने भ्रममा छैन । स्वभाविक रुपमा बजेट निर्माणदेखि बजेट कार्यान्वयसँग समेत जोडिएको मन्त्रालय भएको हुनाले स्रोत व्यवस्थापनदेखि विनियोजनसम्म जोडिएको विषय भएको हुनाले स्वाभाविक रुपमा अन्तरमन्त्रालय समन्वयको अभिभारा अर्थ मन्त्रालयसँग छ । अर्थ मन्त्रालय त्यही मानसिकतामा अगाडि बढ्ने कुरा म आग्रह गर्न चाहन्छु । यहाँ न महालेखाको अधिकारलाई संकुचन गर्न खोजिएको छ नत योजना आयोगको अधिभकार नै संकुचन गर्न खोजिएको छ । प्रष्ट के हो भने बजेट निर्माणको नेतृत्व अर्थ मन्त्रालयले गर्छ ।’

योजना आयोगको अधिकार कटौति नभई उसको भुमिकालाई थप स्पष्ट पारिएको मन्त्री पौडेलको भनाइ छ ।