२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकार बानियाको मृत्युबारे छानविन गर्न डा.महतको माग



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले कान्तिपुरमा कार्यरत बरिस्ठ पत्रकार बलराम बानियाको निधन संकास्पद रुपमा भएको भन्दै यस घटनाको छानविन हुनुपर्ने माग गरेका छन् । आज आफ्नो फेसबुक पेजमा उनले लेखेका छन्- शंकास्पद परिस्थितिमा उनको निधन भएकोले गम्भीर छानबिनको माग पनि गर्दछु । 

डा.महतले पत्रकार बानियाको दुःखद निधनले हामी सबैलाई धेरै दुखी बनाएको छ भनेका छन् । उनले भनेका छन्- म सम्पुर्ण शोककुल परिवारजनमा समवेदना व्यक्त गर्दै आत्त्माको चिर शान्तिको कामना गर्दछु । 

सहमहामन्त्री डा महतले पत्रकार बानियालाई लोकतान्त्रिक मुल्य  र  मान्यताप्रति  प्रतिबद्द्ध र निर्भीक पत्रकारिताका लागि परिचित नाम भनेका छन् । 

दुई दिनदेखि सम्पर्कविहीन पत्रकार बानियाको शव मकवानपुरमा भेटिएको थियो । उनको निधन संकास्पद रहेको सर्वत्र बताइएको छ । पत्रकार बानियाको शव पोस्टमर्टमका लागि आजै त्रिवि शिक्षण अस्पतालमा ल्याइएको थियो ।