२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने सुधन गुरुङको निर्णय एमाले कार्यदल बैठक: सुझाव सङ्कलन गर्ने पदभार ग्रहण गर्दै महावीर पुनले भने- रातदिन काम गर्छु, तीन वर्षभित्र छोड्छु विज्ञानमन्त्री पुनद्वारा पदभार ग्रहण पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम, बचत फिर्ता पाउने को संख्या… विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला
तपाईं के खोज्दै हुनुहुन्छ ?

मकवानपुरमा ३७ जनामा कोरोना पोजिटिभ देखियो



अ+ अ-

हेटौंडा । मकवानपुरमा थप ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । विहीबार ३७ जनामा कोरोना संक्रमण देखिएको मकवानपुर जिल्ला अस्पतालका आइसोलेसन वार्ड प्रमुख भोला चौलागाईंले जानकारी दिए । उनीहरुको सोमबार र मंगलबार स्वाब संकलन गरी परीक्षण गर्दा गरिएको थियो ।  भिमफेदी गाउँपालिकाका ३, थाहा नगरपालिकाका २, बकैया गाउँपालिकाका २ तथा चितवन र काठमाडौंका १–१ जनामा पनि कोरोना पुष्टि भएको छ । नेपाल प्रहरीका १० जना पनि संक्रमित भएका छन् ।

संक्रमितहरु १८ जना हेटौंडा उपमहानगरपालिकाका छन् । हेटौंडा उपमहानगरपालिका वडा नं. ९ का ७ जना, वडा नं. ५ का ४ जना, वडा नं. ४ का ४ जना छन् ।

यसैगरी हेटौंडा उपमहानगरपालिकाका २, १० र १३ नम्बर वडामा १–१ जना संक्रमित फेला परेका छन् ।