२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा कोरोना भाइरसबाट थप ४ जनाको मृत्यु



अ+ अ-

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार धनुषाका २ तथा काभ्रे र सिन्धुपाल्चोकका १—१ जनाको कोरोनाबाट मृत्यु भएको हो । 

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा धनुषाको विदेह नगरपालिका ८ का ६० वर्षिय पुरुष रहेका छन । उनको साउन २६ गते प्रादेशिक अस्पताल जनकपुरमा उपचरका क्रममा मृत्यु भएको हो । यस्तै धनुषाको मिथिला विहारी नगरपालिका ५ का ५० वर्षिय पुरुषको कोरोनाबाट साउन २५ गते निधन भएको हो । 

उनी क्यान्सर अस्पताल जनकपुरमा कार्यरत थिए । यसैगरी काभ्रेको पाँचखाल नगरपालिका १ बस्ने ५० वर्षिया महिलाको साउन २७ गते किष्ट मेडिकल कलेज शिक्षण अस्पताल ललितपुर र सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका ४ का ८४ वर्षिय वृद्धको २२ गते त्रिवि शिक्षण अस्पताल मनमोहन कार्डियोथोरासीक तथा भास्कुलर सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो ।

यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८३ पुगेको छ ।