२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले गर्‍यो ग्रहण सरकारद्वारा चार जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति कार्यसम्पादनमा देखिएका समस्या तत्काल समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन ‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ को नतिजा सार्वजनिक, ‘ऊनको स्वीटर’ उत्कृष्ट चलचित्र नेपाल रेडक्रसमा नौ सदस्यीय तदर्थ समिति गठन ट्राफिक नियम उल्लङ्घनमा २,३९२ चालक कारबाही, २४ घण्टामा २१ लाखभन्दा बढी राजस्व सङ्कलन बालेन्द्र सरकारमा सुधन गुरुङ पुनः गृहमन्त्री, आजै ३ बजे शपथग्रहण आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’का रूपमा मनाउने श्रममन्त्री यादवको घोषणा एमाले पुनर्गठन कार्यदलको बैठक च्यासलमा सुरु, एक महिनाभित्र प्रतिवेदन बुझाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘कालीगण्डकी बचाऔँ अभियान’का संयोजक गिरी सम्मानित



अ+ अ-

गण्डकी। वातावरण संरक्षणका लागि महाअभियान कास्कीले ‘कालीगण्डकी बचाऔँ अभियान’का संयोजक आरके अदीप्त गिरीलाई सम्मान गरेको छ ।

नागरिक समाज कास्कीसँगको सहकार्यमा अभियन्ता गिरीलाई पर्वत सदरमुकामस्थित ‘शताब्दी घर’मा पुगेर सम्मान अर्पण गरिएको हो ।अभियानमार्फत नागरिकमा प्रकृति रक्षाको जागरण फैलाउनाका साथै ‘शताब्दी घर’ सांस्कृतिक सङ्ग्रहालयमार्फत संस्कृति एवं ऐतिहासिक सम्पदा संरक्षणमा उल्लेखनीय योगदान पु¥याएको भन्दै गिरीलाई ‘वातावरण तथा सम्पदा संरक्षण सम्मान’ प्रदान गरिएको वातावरण संरक्षण महाअभियानका संयोजक रामबहादुर पौडेलले जानकारी दिनुभयो ।

गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्मा, संयोजक पौडेल र नागरिक समाज कास्कीकी सहसंयोजक दुर्गाकुमारी शर्माले संयुक्त रूपमा सम्मान अर्पण गर्नुभएको थियो । मुख्य न्यायाधिवक्ता शर्माले कालीगण्डकी कुनै पनि बहानामा दोहन हुनु दुःखद् रहेको बताउनुभयो ।

उहाँले जल र जीवनको सम्बन्ध अनोन्याश्रित हुने भन्दै मान्छेको अधिकारजस्तै कुनै पनि प्राकृतिक सम्पदा जीवित रहन र निर्वाध आफ्नो बाटोमा हिँड्न पाउने अधिकार रहेको बताउनुभयो । नदी दोहनलाई कानुनमार्फत व्यवस्थापन गर्न खोजिएको भन्दै मुख्य न्यायाधिवक्ता शर्माले विकास र वातावरणलाई मिलाएर लैजानुपर्ने बताउनुभयो ।

सम्मानित व्यक्तित्व गिरीले शालिग्राम पाउने एकमात्र र पाषाणकालीन सभ्यतासँग जोडिएको कालीगण्डकी नदी दोहन रोक्न आग्रह गर्नुभयो । नेपाल जलवायु परिवर्तन, जैविक विविधतामा ह्रास र वायु प्रदूषणको उच्च मारमा पर्दै गएको भन्दै उहाँले नदी संरक्षणमा जोड दिनुभयो । सम्मानले सामाजिक एवं पर्यावरणीय न्यायका पक्षमा थप सक्रिय भएर लाग्न सम्मानले नयाँ ऊर्जा दिएको अभियन्ता गिरीले बताउनुभयो । रासस