२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन विपक्षी दलहरूको संयुक्त बैठक सिंहदरबारमा जारी भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२ सम्पन्न, मीरा राणा र सी.के.रसाइली सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

मास्क नलगाइ हिंड्ने ३ लाख ९५ हजार कारबाहीमा



अ+ अ-

काठमाडौं। कोरोनाको संक्रमण बढेसंगै देशभरीनै सरकारले सबैलाई सुरक्षित रहन पनि भनिरहेको छ । कोरोनाको औषधी पत्ता नलागेसम्म अहिले यसबाट बच्न अन्य उपाय भनेको आफै सजग र स्वस्थ भएर बस्नु नै हो । हाललाई मानिसले यसबाट बच्नको लागि नियमित रुपमा मास्क र सेनिटाइजरको प्रयोग गर्नु नै हो । देशभर कोरोना संक्रमण बढ्दै गएकाले सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराउन गृहमन्त्रालयले प्रहरी तथा स्थानीय प्रशासनलाई पुनः निर्देशन पवनि दिएको छ।

त्यस्तै मास्क नलगाई हिंड्नेलाई पनि कारबाही गर्ने निर्देशन दिएको छ। तर अहिलेसम्म देशभर मास्क प्रयोग नगरी हिड्ने करिब ३ लाख ९५ हजार जनालाई नियन्त्रणमा लिई सम्झाइ बुझाइ गरेको र छाडिएको छ । कतिपयलाई जरिवानासमेत गरिएको छ। हालसम्म अनुमति बिना काठमाडौं उपत्यका प्रवेश गर्न खोज्ने करिब ७ हजार ६ सय सवारी साधन र करिब १९ हजार ४ सय यात्रुहरुलाई प्रवेश नाकाबाटै फिर्ता गरिएको जानकारी गृहले दिएको छ।

त्यसैगरी तोकिएको निर्देशन विपरीत हालसम्म सवारी चलाउने करिब १ लाख ३७ हजार दुई पाङ्‍ग्रे र चार पाङ्‍ग्रे सवारी साधनलाई 'होल्ड' गरिएको छ भने हालको जोरबिजोर प्रणाली पश्‍चात सो प्रणाली विपरीत चलाउने करिब ५ हजार ३ सय सवारी साधनलाई नियन्त्रण र होल्डिङमा राखी कारवाही गरिएको छ।