काठमाडौं। कोरोनाको संक्रमण बढेसंगै देशभरीनै सरकारले सबैलाई सुरक्षित रहन पनि भनिरहेको छ । कोरोनाको औषधी पत्ता नलागेसम्म अहिले यसबाट बच्न अन्य उपाय भनेको आफै सजग र स्वस्थ भएर बस्नु नै हो । हाललाई मानिसले यसबाट बच्नको लागि नियमित रुपमा मास्क र सेनिटाइजरको प्रयोग गर्नु नै हो । देशभर कोरोना संक्रमण बढ्दै गएकाले सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराउन गृहमन्त्रालयले प्रहरी तथा स्थानीय प्रशासनलाई पुनः निर्देशन पवनि दिएको छ।
त्यस्तै मास्क नलगाई हिंड्नेलाई पनि कारबाही गर्ने निर्देशन दिएको छ। तर अहिलेसम्म देशभर मास्क प्रयोग नगरी हिड्ने करिब ३ लाख ९५ हजार जनालाई नियन्त्रणमा लिई सम्झाइ बुझाइ गरेको र छाडिएको छ । कतिपयलाई जरिवानासमेत गरिएको छ। हालसम्म अनुमति बिना काठमाडौं उपत्यका प्रवेश गर्न खोज्ने करिब ७ हजार ६ सय सवारी साधन र करिब १९ हजार ४ सय यात्रुहरुलाई प्रवेश नाकाबाटै फिर्ता गरिएको जानकारी गृहले दिएको छ।
त्यसैगरी तोकिएको निर्देशन विपरीत हालसम्म सवारी चलाउने करिब १ लाख ३७ हजार दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनलाई 'होल्ड' गरिएको छ भने हालको जोरबिजोर प्रणाली पश्चात सो प्रणाली विपरीत चलाउने करिब ५ हजार ३ सय सवारी साधनलाई नियन्त्रण र होल्डिङमा राखी कारवाही गरिएको छ।












