२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
पदभार ग्रहण गर्दै महावीर पुनले भने- रातदिन काम गर्छु, तीन वर्षभित्र छोड्छु विज्ञानमन्त्री पुनद्वारा पदभार ग्रहण पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम, बचत फिर्ता पाउने को संख्या… विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुद्धकाे जन्मस्थान नेपालकाे लुम्बिनी हाेः भारतीय विदेश मन्त्रालय



अ+ अ-

काठमाडौं । भारतीय विदेश मन्त्रालयले भगवान गौतम बुद्धको जन्मभूमि नेपालकाे लुम्बिनीमै भएकाे जनाएकाे छ ।

भारतीय विदेश मन्त्री एस जयशंकरको बुद्धकाे जन्म भारतमा भएकाे भन्दै विवादास्पद अभिव्यक्ति दिएपछि त्यसकाे चाैतर्फी विराेध भएकाे थियाे ।

जयशंकरको अभिव्यक्तिका बारेमा स्पष्ट गर्दै मन्त्रालयले उनकाे भनाइ साझा बौद्ध विरासतको सन्दर्भमा भएको बताएको छ । मन्त्रालयले जारी गरेकाे विज्ञप्तिमा प्रवक्ता अनुराग श्रीवास्तवले भनेका छन्,  ‘यसमा कुनै शंका छैन कि गौतम बुद्ध लुम्बिनीमा जन्मिएका हुन्, जुन नेपालमा पर्छ ।’

जयशंकरले एक भर्चुअल सम्मेलनमा बुद्ध महान भारतीय भएको बताएका थिए ।

प्रतिउत्तरमा नेपालको परराष्ट्र मन्त्रालयले बुद्धको जन्म नेपालमा भएको धेरै प्रमाण रहेको र त्यसलाई विश्वले स्वीकार गरेकाले बुद्धको जन्मभूमि बहसको विषय नभएको बताएको थियो ।