काठमाडौं । ‘इनफ इज इनफ’ अभियानका अभियन्ता ईः ले आइतबार आमरण अनसन तोडेका छन् । अभियन्ता ईः ले २३ औं दिनमा अनसन तोडेका हुन् । सरकारले कोरोना परीक्षणको दायरा बढाएको र कोरोना नियन्त्रणमा स्वास्थ्य मन्त्रालयले सकारात्मक पहल गरेको निष्कर्षसहित उनले सो अनसन स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीर अधिकारीको हातबाट पानी पिउँदै तोडेका हुन् ।
ईः र स्वास्थ्य मन्त्रालयबीच १२ बुँदामा सहमति भएको छ । जसमध्ये स्वास्थ्यकर्मी कसैलाई पीपीई अभाव भयो भने स्वास्थ्य मन्त्रालले तत्काल उपलब्ध गराउने, कोरोना नियन्त्रणमा भएको खर्च यथाशिघ्र सार्वजनिक गर्नेलगायतका बुँदाहरु उल्लेख रहेका छन् ।
कोरोना नियन्त्रणमा सरकारका कामकारवाही प्रभावकारी नभएको भन्दै इनफ इज इनफ अभियन्ताहरुले खबरदारी गर्दै आएका थिए । सरकारलाई दबाव दिने उद्देश्यले यसअघि असार २२ गते पनि ईः अनसन बसेका थिए ।












