काठमाडौं । गोंगवु गणेशस्थानमा सुटकेशमा शव भेटिएको घटना हत्या गरेर फालिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी राजकुमार केसीका अनुसार गणेशस्थान नजिकै कालो सुटकेशमा शव राखिएको र (अपडेट)ः गोंगबुमा सुटकेशमा शव फेला, दुई सय मिटर टाढा टाउको भेटियो परेको हो ।
यतिबेला काठमाडौं उपत्यकामा कार्यरत प्रहरीका उच्च अधिकारी र फरेन्सिक डाक्टरको टोली घटनास्थल पुगेका छन् । टोखा नगरपालिका–१० स्थित सडक किनारामा राखिएको सुटकेशबाट रगत बगेको देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । शव एक पुरुषको रहेको बताइएको छ ।
मृतक अन्दाजी ४० देखि ४५ वर्ष उमेर समूहका पुरुष रहेका छन् । शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पठाइएको छ ।












