काठमाडौं । काठमाडौंको गोंगबुस्थित गणेश स्थानमा बन्द सुटकेशमा शव फेला परेको छ ।
गणेशस्थान मन्दिरबाट एक सय मिटर भित्र सुटकेशमा शव फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी राजकुमार केसीले बताएका छन् । सुटकेसभित्र टाउको विनाको शव फेला परेको छ । टाउको भने तीन सय मिटर टाढा भेटिएको छ ।
सुटकेश पानीले भिजेको र उक्त भिजेको सुटकेशबाट रगत बगेको देखेपछि स्थानियले प्रहरीलाई खबर गरेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।












