२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन विपक्षी दलहरूको संयुक्त बैठक सिंहदरबारमा जारी भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२ सम्पन्न, मीरा राणा र सी.के.रसाइली सम्मानित सर्वोच्चद्वारा सांसद बोहराको नाम प्रतिवेदनमा समावेश गर्नुको कारण पेश गर्न आयोगलाई आदेश मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार प्रधानमन्त्रीलाई काँग्रेस नेता केसीको सुझावः इतिहास अध्ययन गर्नुस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

कपिलवस्तुको कृष्णनगरमा ५ सरकारी कर्मचारीमा कोरोना संक्रमण



अ+ अ-

बुटवल । कपिलवस्तुको कृष्णनगरमा ५ जना सरकारी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । पाँचजना मध्ये दुईजना कृष्णनगर नगरपालिकाको महिला विकास शाखामा कार्यरत ३२ वर्षीया महिला र २९ वर्षका पुरुष छन् । नगरपालिकामा कार्यरत कर्मचारीहरुमा गरिएको परीक्षणमा २ जनाको रिपोर्ट पोजेटिभ आएको नगरपालिकाले जनाएको छ ।

यस्तै स्वास्थ्य कार्यालय कपिलवस्तुका फोकल पर्सन कुमार थापाले दिएको जानकारी अनुसार कृष्णननगरकै दिव्यानगर स्वास्थ्य चौकीमा कार्यरत २८ वर्षीय पुरुष स्वास्थ्यकर्मीमा पनि संक्रमण पुष्टि भएको छ ।

यसैगरी कृष्णननगर नगरपालिकामा रहेको नेपाल बैङ्क लिमिटेडको शाखा कार्यालयमा कार्यरत दुईजना कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये एकजना महिला र एकजना पुरुष छन् ।

कोरोना भाइरसको संक्रमण पुष्टि भएका पाँचै जनामा कुनै पनि लक्षण भने नदेखिएको फोकल पर्सन थापाले बताए । उनीहरु सबै अहिले होम क्वारेन्टिनमा छन् । उनीहरुलाई आइसोलेसनमा ल्याउने तयारी भइरहेको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

संक्रमण पुष्टि भएपछि नेपाल बैङ्क लिमिटेडको शाखा कार्यालय बन्द गराई कन्ट्याक्ट ट्रेसिङको काम सुरु भएको कार्यालयले जनाएको छ ।