२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना संक्रमणबाट पर्सामा ४६ वर्षीय पुरुषको मृत्यु



सांकेतिक तस्बिर
अ+ अ-

वीरगन्ज । कोरोनाभाइरस संक्रमणबाट पर्सामा थप १ जनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १५ का ४६ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको नारायणी अस्पतालका डाक्टर निरज सिंहले जानकारी दिए ।

वीरगन्जको गण्डक बहुअरीस्थित वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा उनको बुधबार बिहान ५ बजे मृत्यु भएको सिंहले पुष्टि गरे । 

साउन १८ गते नारायणी अस्पतालमा गरिएको पीसीआर जाँचका लागि स्वाब संकलन गरिएका ती पुरुषमा साउन १९ गते राति कोभिड १९ संक्रमण पुष्टि भएको थियो ।

महुमेहका रोगी उनमा खोकी, ज्वरोका साथै श्वासप्रश्वासमा समस्या देखिएपछि मंगलबार राति ९ बजे वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पताल भर्ना गरिएको थियो ।