२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन विपक्षी दलहरूको संयुक्त बैठक सिंहदरबारमा जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिड हमला गर्ने विरूद्ध कडा कानुन ल्याउन पीडितकाे माग



अ+ अ-

काठमाडाैंः तेजाब (एसिड) प्रहार गर्नेलाई कडा कानून बनाई कारबाही गर्न पीडितहरुले माग गरेका छन् ।

प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक समितिको सोमबारको बैठकमा उपस्थित एसिड आक्रमणका पीडितहरुले कडा कानून बनाउन माग गरेका हुन् । उनीहरुले एसिड प्रहार गर्ने व्यक्तिलाई जन्म कैद गर्नुपर्ने अथवा एसिडको बदलामा एसिडबाट नै कारबाही हुनुपर्ने माग राखेका छन् ।

कमजोर दण्ड सजायका कारण एसिड प्रहार गर्ने घटनाहरु बढिरहेको र अरुको जीवन बर्बाद पार्नेगरी आक्रमण गर्नेहरुलाई सामान्य दण्ड सजायले नपुग्ने भन्दै कडा कानून बनाउन माग गरेका हुन् । एसिड आक्रमणबाट पीडित हुनुभएकी जेनी खडकाले कानूनमा दण्ड सजायको व्यवस्था कम हुँदा एसिड अक्रमणको घटना नरोकिएको बताउनुभयो ।

कमजोर कानून देख्दा आफुलाई अदालत जान समेत मन नलागेको उल्लेख गर्दै सामान्य कानूनबाट न्याय नपाएकाले आक्रमण गर्नेहरुलाई पनि एसिडको बदला एसिडबाटै कारबाही गर्र्ने व्यवस्था गर्न माग गर्नुभयो ।

उहाँले भन्नुभयो ‘कानून पढ्दा दुईवटा कानून के थियो भने एक त ५ वर्षदेखि ८ वर्ष सम्मको सजाय त्योपनि अनुहार नै कुरुप भएको छ भने अरु सरिरको कुनै अर्थ नै छैन् । मेरो त हातभरी छ घाँटीभरी छ अनुहार त मेरो बचेको छ त्यो मेरो लक्किले बचेको हो । जहाँ परेपनि आखिर पीडा त उस्तै नै हो । अदालतमा के छ भने अरु बाँकी पार्टको तीन वर्ष देखि ५ वर्ष सम्मको र अनुहार नै कुरुप भएको छ भने ५ वर्षदेखि ८ वर्ष सम्मको छ ।

क्षतिपूर्ति पनि एक लाख देखि ५ लाख सम्मको भन्ने छ । क्षतिपूर्ति चहिदैन किन भने त्यो क्षतिपूर्तिले हुनेवाला केही छैन् । एसिड आक्रमण हुन्छ सरकारले पुरै जिम्मा लिओस उसको स्वास्थ्यको उपचार गर्ने पुरै जिम्मा लिओस । अनि कानूनमा, हजुरहरुलाई सायद सुन्दा बदलाको भावना हुन्छ तर एसिडको बदला एसिड नै भयो भने एक जना पनि महिला कसैमाथि पनि आक्रमण हुँदैन ।

एसिड आक्रमणबाट पीडित हुनुभएकी मुस्कान खातुनले एसिड प्रहार गर्ने अपराधीलाई जन्म कैद हुनुपर्ने माग गर्नुभयो । ८ वर्ष सम्म कैद सजाय हुने भएपनि दिन रात गणना गर्दा चार वर्ष मै उन्मुक्ति पाउने भएकाले सजाय कम भएको बताउनुभयो ।

उहाँले भननुभयो ‘अपराधीलाई जन्म कैद हुनप¥यो । किनकी कानूनमा ५ वर्ष देखि ८ वर्ष सम्म सजाय छ । रात दिन गिन्ति गरेर आठ वर्ष सजाय भयो भने चार वर्ष मै निस्किन्छ र तिनिहरुले पीडा के हो भनेको बुझ्दै बुझ्दैन । हाम्रो यो दाग कहिले पनि जाँदैन । यो दाग हाम्रो जीवन भरिका लागि नै बस्छ । त्यसैले म भन्न चाहन्छु की अपराधिलाई जन्म कैद नै हुनुपर्छ ।’

एसिड आक्रमणबाट पीडित हुनुभएकी संगीता मगरले सजाय कम हुँदा प्रतिसोध लिने काम बढेको बताउनुभयो । उहाँले अरुको जीवन बर्बाद गरेपछि पनि आठ दश वर्ष मात्रै कैद सजाय भोगेर बाहिरिन पाइन्छ भने एसीड प्रहार किन नगर्ने भन्ने सोच आएकाले घटनाहर घटिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘मैले त्यसको जिन्दगि बर्बाद गर्नु थियो मैले गरिसके मलाई कति नै सजाय हुन्छ । धेरै भए आठ वर्ष दश वर्ष के नै हुन्छ र मेरो जीन्दगी ? म आठ दश वर्षमा बुढो त हुँदिन, सायद त्यो पछि पनि मेरो जिन्दगी छ, म केही गर्छु त्यसको जिन्दगी त मैले डामाडोल गरेर मेरो इच्छा पुरा भयो ।

मेरो जिन्दगी अझै बाँकी छ भन्ने सोचको कारणले गर्दापनि अपराधीहरुको झन मनोबल बढ्छ की । कानून हाम्रो देशमा छैन ।’

मुलुकी अपराधसंहिताको दफा १९३ अनुसार तेजाव वा अन्य रासायनिक, जैविक वा विषालु पदार्थ प्रयोग गरी अनुहार कुरुप हुनेगरी आक्रमण गर्नेहरुलाई ५ देखि ८ वर्ष सम्मको कैद र एक लाख रुपैयाँ देखि ५ लाख रुपैयाँ सम्म जरिबाना र शरीरको अन्य अङ्ग कुरुप पारेमा वा पीडा पु¥याएमा तीन वर्ष देखि ५ वर्ष सम्म कैद र पचास हजार रुपैयाँ देखि तीन लाख रुपैयाँ सम्म जरिबाना गर्ने व्यवस्था रहेको छ ।