२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित, सरकार र राजनीतिक दलप्रति अध्यक्ष दाहालको असन्तुष्ट सरकारले दबाब दिएर मात्रै नतिजा आउँदैनः पूर्वउपाध्यक्ष पोखरेल बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द कांग्रेसले बोलायो सिंहदरबारमा विपक्षी दलहरूको संयुक्त बैठक सरकारद्वारा डीडीसी उत्पादन प्रवर्द्धनलाई राष्ट्रिय प्राथमिकता, प्रधानमन्त्री शाहको पनि समर्थन बजेट सुन्दा कर्णप्रिय छ, तर भित्र रूपान्तरणकारी सोचको अभाव छः पूर्वअर्थमन्त्री पुन एनआरएनए पोर्चुगलद्वारा आर्थिक पारदर्शिताका लागि सङ्कलित रकम बैंक खातामा जम्मा गर्न आह्वान संसदको गतिरोध: विपक्षीको विरोध, सरकारको बिजनेस प्रभावित प्रधानमन्त्री जिम्मेवार नभएकाले संसद सुचारु हुन सकेनः काँग्रेस शिक्षा र स्वास्थ्यमा प्रस्तावित कर नीति उपयुक्त नभएको करविद् चन्द्रमणि अधिकारीको टिप्पणी
तपाईं के खोज्दै हुनुहुन्छ ?

महामारी बढ्दैछ तर सरकार गम्भीर छैन– सहमहामन्त्री डा.महत



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल कांग्रेसले कोरोना भाइरसको अनुगमन गर्नका लागि गठन गरेको कोरोना अनुगमन समितिले सरकारले बिना तयारी र विना ठोस आधार लकडाउन खोलेको र नागरिकलाई महामारीबाट बाँच्नका लागि आवश्यक सहयोगका प्याकेजहरु दिन नसकेकोले देशमा महामारी झन् बढेको आरोप लगाएको छ । 
सरकारले बिना उपलब्धि नै लकडाउनको लामो अवधिको समय खेर फालेको आरोप सो समितिले लगाएको हो । शुक्रबार नेपाल औषधि व्यवसायी संघसँगको अन्तरक्रियामा नेपाली काँग्रेसका सहमहामन्त्री तथा कोभिड–१९ अनुगमन समितिका संयोजक डा.प्रकाशशरण महतले सरकारले लकडाउन खोल्दा बढ्न सक्ने संक्रमणप्रति सचेतता अपनाउन नसकेको र कुनै तयारी पनि नगरेको बताएका हुन् ।
संक्रमणको क्रम झनै बढेको भन्दै उनले हाल देशका विभिन्न स्थानमा र पछिल्लो समयमा राजधकानी काठमाडौँमै देखिएको संक्रमणको प्रकृतिले, संक्रमण समुदायमा फैलिन सक्ने खतरा पनि उत्पन्न गराएको उल्लेख गर्दै यस्तो अवस्थामा परीक्षण र ट्रेसिङको दायरालाई थप प्रभावकारी रुपमा बढाउनुपर्नेमा जोड दिए ।
उनले भने– यस्तो अवस्थामा त झनै उपचार, स्वास्थ्य उपकरण, जनशक्ति र स्वास्थ्यकर्मीको स्वास्थ्य सुरक्षा र सुविधाप्रति सरकारको तयारी हुनुपर्ने हो तर हामीले भने बमोजिम र जनताले चाहना गरेबमोजिम सरकारको तयारी नभएर अत्यन्तै निराशाजनक र एक किसीमले हेर्दा गैरजिम्मेवारपूर्ण रुपमा सरकार देखिन्छ, त्यसैले यो सरकारप्रति जनताको भरोसा पनि घट्दै गएको छ । 
लकडाउन खोलेपछि उद्योगधन्दा, व्यापार व्यवसाय, सार्वजनिक यातायात तथा पछिल्लो समयमा हिजोदेखि खुलेका होटल आदिमा पनि अपनाउनु पर्ने स्वास्थ्य सुरक्षा र सावधानीका उपायहरुमा पनि सरकार गम्भीर नभएको आरोप सहमहामन्त्री डा. महतले लगाए । 
उनले कांग्रेसको पटक पटक ध्यानाकर्षण गराए पनि सरकारले होल्डिङ सेन्टर, क्वारेन्टाइन केन्द्रहरुलाई मापदण्डअनुरुप सञ्चालन नगरेको बताए । काँग्रेसले स्वास्थ्य परीक्षणको दायरा फराकिलो पार्नुपर्नेमा पटक पटक सरकारको ध्यानाकर्षण गराएको छ तर पनि सरकार भने उल्टो परीक्षणको दायरा घटाएर संक्रमणको जोखिम कम भएको भन्दै भ्रामक प्रचार मात्र गरिरहेको उनको भनाई छ । 
सहमहामन्त्री डा.महतले अहिलेकै अवस्थामा उद्योग व्यवसाय सञ्चालन गर्दा थपिने संक्रमण र नागरिक जीवनमाथि आइपर्ने जोखिमका बारेमा सरकार अब गम्भीर हुनुपर्ने उनले बताए । तर पनि यसतर्फ सरकारको ध्यान नगएको महतले बताए ।
संयोजक डा.महतले भने– ‘परिक्षणको दायरा घटाएर संक्रमणको जोखिम कम भएको भ्रामक प्रचार गरिरहेको छ, सरकारले लडाउनको अवधिलाई महामारी नियन्त्रण र यसपछि जनजीवन सहज बनाउनेतर्फ पर्याप्त ध्यान नै दिएन बरु यो भन्दा बढी समय आफ्नै सत्ता जोगाउने खेलमा सरकार लाग्यो । 




भर्खरै