२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित, सरकार र राजनीतिक दलप्रति अध्यक्ष दाहालको असन्तुष्ट सरकारले दबाब दिएर मात्रै नतिजा आउँदैनः पूर्वउपाध्यक्ष पोखरेल बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द कांग्रेसले बोलायो सिंहदरबारमा विपक्षी दलहरूको संयुक्त बैठक सरकारद्वारा डीडीसी उत्पादन प्रवर्द्धनलाई राष्ट्रिय प्राथमिकता, प्रधानमन्त्री शाहको पनि समर्थन बजेट सुन्दा कर्णप्रिय छ, तर भित्र रूपान्तरणकारी सोचको अभाव छः पूर्वअर्थमन्त्री पुन एनआरएनए पोर्चुगलद्वारा आर्थिक पारदर्शिताका लागि सङ्कलित रकम बैंक खातामा जम्मा गर्न आह्वान संसदको गतिरोध: विपक्षीको विरोध, सरकारको बिजनेस प्रभावित प्रधानमन्त्री जिम्मेवार नभएकाले संसद सुचारु हुन सकेनः काँग्रेस शिक्षा र स्वास्थ्यमा प्रस्तावित कर नीति उपयुक्त नभएको करविद् चन्द्रमणि अधिकारीको टिप्पणी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना संक्रमणबाट जगदम्बा इन्टरप्राइजेजका प्रमुख कार्यकारीको मृत्यु



अ+ अ-

वीरगंज। गए राति जगदम्बा इन्टरप्राइजेज प्रालि वीरगंजका ५६ वर्षीय प्रमुख कार्यकारी अधिकृतको  निधन भएको छ। भारत निवासी र पुरानो मुटुरोगी उनको गण्डक अस्थायी कोभिड अस्पतालमा राति साढे ११ बजे उनको निधन भएको हो ।

साउन ७ गते उनलाई अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो।  बिहीबार दिउँसोदेखि उनको शरीरमा अक्सिजनको मात्रा कमी भएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।

भेन्टिलेटरमा राखेर उपचार गर्दा पनि बचाउन नसकिएको गण्डक कोभिड अस्पतालका वरिष्ठ फिजिसियन डा. निरजकुमार सिंहले बताए। 
वीरगंजमा बुधबार र बिहीबार गरेर कोरोना संक्रमित चार जनाको मृत्यु भएको छ। 




भर्खरै