वीरगंज। गए राति जगदम्बा इन्टरप्राइजेज प्रालि वीरगंजका ५६ वर्षीय प्रमुख कार्यकारी अधिकृतको निधन भएको छ। भारत निवासी र पुरानो मुटुरोगी उनको गण्डक अस्थायी कोभिड अस्पतालमा राति साढे ११ बजे उनको निधन भएको हो ।
साउन ७ गते उनलाई अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। बिहीबार दिउँसोदेखि उनको शरीरमा अक्सिजनको मात्रा कमी भएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।
भेन्टिलेटरमा राखेर उपचार गर्दा पनि बचाउन नसकिएको गण्डक कोभिड अस्पतालका वरिष्ठ फिजिसियन डा. निरजकुमार सिंहले बताए।
वीरगंजमा बुधबार र बिहीबार गरेर कोरोना संक्रमित चार जनाको मृत्यु भएको छ।












