२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन विपक्षी दलहरूको संयुक्त बैठक सिंहदरबारमा जारी भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२ सम्पन्न, मीरा राणा र सी.के.रसाइली सम्मानित सर्वोच्चद्वारा सांसद बोहराको नाम प्रतिवेदनमा समावेश गर्नुको कारण पेश गर्न आयोगलाई आदेश मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार प्रधानमन्त्रीलाई काँग्रेस नेता केसीको सुझावः इतिहास अध्ययन गर्नुस् निर्वाचन समीक्षा र संगठन पुनर्गठनका लागि एमालेले देशव्यापी सुझाव सङ्कलन अभियान चलाउने एमाले कार्यदल बैठकको निर्णय: असार १९ सम्म देशव्यापी सुझाव सङ्कलन कार्यक्रम
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब मास्क नलगाउनेलाई एक महिना कैद



अ+ अ-

विराटनगर । मोरङमा मास्क नलगाइकन हिँड्ने र सेनीटाइजरको प्रयोग नगर्ने व्यतिmलाई एक महिनासम्म कैद सजाय गरिने भएको छ । कोरोना भाइरसको संक्रमणबाट जोगिन मास्क र सेनीटाइजरको आवश्यकता एवं प्रयोग अनिवार्य रहेको ठहर गर्दै जिल्ला कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकले यस्तो निर्णय गरेको हो।

संक्रमणलाई नियन्त्रण गर्न स्वास्थ्य, सुरक्षा र यातायातसँग सम्बन्धित मापदण्ड सबैले पालना गर्नु पर्ने भएकाले कैद सजायको बाध्यकारी निर्णय गर्नु परेको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताएका छन् । 

कोरोनाबाट बच्न सबै जनाले दुई मिटरको सामाजिक दूरी कायम गरी मास्क र सेनीटाइजरको अनिवार्य प्रयोग गर्नु पर्ने उनले बताए । यसलाई उल्लंघन गर्नेलाई संक्रामक रोग निवारण ऐन २०२० बमोजिम एक महिनासम्म कैद वा एक सय रुपैयाँसम्म जरिवाना गरिने निर्णय कोभिड-१९ उच्चस्तरीय समितिको बैठकबाट भएको उनको भनाइ छ । यस्ता कामलाई बाधा गर्नेलाई छ महिनासम्म कैद वा छ सय रुपैयाँसम्म जरिवाना गरिने जानकारी खड्काले दिए ।