२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित, सरकार र राजनीतिक दलप्रति अध्यक्ष दाहालको असन्तुष्ट सरकारले दबाब दिएर मात्रै नतिजा आउँदैनः पूर्वउपाध्यक्ष पोखरेल बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द कांग्रेसले बोलायो सिंहदरबारमा विपक्षी दलहरूको संयुक्त बैठक सरकारद्वारा डीडीसी उत्पादन प्रवर्द्धनलाई राष्ट्रिय प्राथमिकता, प्रधानमन्त्री शाहको पनि समर्थन बजेट सुन्दा कर्णप्रिय छ, तर भित्र रूपान्तरणकारी सोचको अभाव छः पूर्वअर्थमन्त्री पुन एनआरएनए पोर्चुगलद्वारा आर्थिक पारदर्शिताका लागि सङ्कलित रकम बैंक खातामा जम्मा गर्न आह्वान संसदको गतिरोध: विपक्षीको विरोध, सरकारको बिजनेस प्रभावित प्रधानमन्त्री जिम्मेवार नभएकाले संसद सुचारु हुन सकेनः काँग्रेस शिक्षा र स्वास्थ्यमा प्रस्तावित कर नीति उपयुक्त नभएको करविद् चन्द्रमणि अधिकारीको टिप्पणी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कैलालीमा बाढीले २ जनाको मृत्यु, एकजना अझै बेपत्ता



अ+ अ-

कैलाली । कैलालीमा अविरल वर्षासँगै आएको बाढीमा बगेर दुईजनाको मृत्यु भएको छ भने एकजना अझै बेपत्ता छन् । काँडा, पर्थैया, कान्द्रा र मोहोना नदीमा आएको बाढी बस्तीमा पस्दा बुधबार भजनी नगरपालिका८ का ३ जना बेपत्ता भएका थिए ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टका अनुसार भजनी नगरपालिका–८ सोनाफाटाका ११ वर्षीय स्केल चौधरी, सोही ठाउँका ४० वर्षीय ईश्वर शाही र ३२ वर्षीय चक्र बिक बेपत्ता भएकोमा चौधरी र शाहीको शव फेला परेको हो । 

चौधरीको बिहीबार र शाहीको शुक्रबार बिहान शव फेला परेको पनि उनले बताए । बाढीको भेलमा बेपत्ता भएका ३२ वर्षीय चक्र विकको अवस्था भने अझै अज्ञात रहेको उनले जानकारी दिए । ‘दुईजनाको शव भेटियो एकजनाको खोजी हुँदै छ,’ उनले भने, ‘अहिले नेपाल प्रहरी सशस्त्र प्रहरी नेपाली सेना र स्थानीयवासी बेपत्ता भएका युवकको खोजीमा छन् ।’




भर्खरै