२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित, सरकार र राजनीतिक दलप्रति अध्यक्ष दाहालको असन्तुष्ट सरकारले दबाब दिएर मात्रै नतिजा आउँदैनः पूर्वउपाध्यक्ष पोखरेल बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द कांग्रेसले बोलायो सिंहदरबारमा विपक्षी दलहरूको संयुक्त बैठक सरकारद्वारा डीडीसी उत्पादन प्रवर्द्धनलाई राष्ट्रिय प्राथमिकता, प्रधानमन्त्री शाहको पनि समर्थन बजेट सुन्दा कर्णप्रिय छ, तर भित्र रूपान्तरणकारी सोचको अभाव छः पूर्वअर्थमन्त्री पुन एनआरएनए पोर्चुगलद्वारा आर्थिक पारदर्शिताका लागि सङ्कलित रकम बैंक खातामा जम्मा गर्न आह्वान संसदको गतिरोध: विपक्षीको विरोध, सरकारको बिजनेस प्रभावित प्रधानमन्त्री जिम्मेवार नभएकाले संसद सुचारु हुन सकेनः काँग्रेस शिक्षा र स्वास्थ्यमा प्रस्तावित कर नीति उपयुक्त नभएको करविद् चन्द्रमणि अधिकारीको टिप्पणी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना नियन्त्रणका लागि प्रदेश २ सरकारद्वारा थप ७ करोड निकासा



अ+ अ-

जनकपुरधाम । प्रदेश–२ मा कोरोना महामारी त्रास बढ्न थाले पछि महामारी नियन्त्रणको लागि प्रदेश सरकारले थप सात करोड निकासा गरेको छ । 

मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले कोभिड अस्पताल निर्माण तथा हाल सञ्चालनमा रहेका आइसोलेसनहरुको थप व्यवस्थापन, बिरामीहरुको खाना खाजा, बेड संख्यामा वृद्धि आदि कार्यका लागि सात करोड निकासा गरेको हो ।

बिहीबारको निर्णय अनुसार बाराको सिमरामा कोभिड अस्पताल निर्माणको लागि १ करोड ७५ लाख, पर्सामा कोभिड अस्पतालको निर्माण एवं शव वाहन तथा एम्बुलेन्स खरिदको लागि १ करोड ५० लाख, रौतहट, सप्तरी र सर्लाहीमा आइसोलेशन व्यवस्थापनका लागि ७५र७५ लाख तथा धनुषा, महोत्तरी र सिरहाको लागि ५०र५० लाख निकासा गरिएको छ ।
 




भर्खरै