२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित, सरकार र राजनीतिक दलप्रति अध्यक्ष दाहालको असन्तुष्ट सरकारले दबाब दिएर मात्रै नतिजा आउँदैनः पूर्वउपाध्यक्ष पोखरेल बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द कांग्रेसले बोलायो सिंहदरबारमा विपक्षी दलहरूको संयुक्त बैठक सरकारद्वारा डीडीसी उत्पादन प्रवर्द्धनलाई राष्ट्रिय प्राथमिकता, प्रधानमन्त्री शाहको पनि समर्थन बजेट सुन्दा कर्णप्रिय छ, तर भित्र रूपान्तरणकारी सोचको अभाव छः पूर्वअर्थमन्त्री पुन एनआरएनए पोर्चुगलद्वारा आर्थिक पारदर्शिताका लागि सङ्कलित रकम बैंक खातामा जम्मा गर्न आह्वान संसदको गतिरोध: विपक्षीको विरोध, सरकारको बिजनेस प्रभावित प्रधानमन्त्री जिम्मेवार नभएकाले संसद सुचारु हुन सकेनः काँग्रेस शिक्षा र स्वास्थ्यमा प्रस्तावित कर नीति उपयुक्त नभएको करविद् चन्द्रमणि अधिकारीको टिप्पणी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कैलालीमा बाढीले बगाउँदा ४ जना बेपत्ता, ६ हजारभन्दा बढी घर डुबानमा



अ+ अ-

कैलाली । कैलालीमा बाढीले बगाउँदा चार जना बेपत्ता भएका छन् । कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जबराका अनुसार बेपत्ता हुनेमा जानकी गाउँपालिका–२ का ५४ वर्षीय कोबी सुनार, भजनी नगरपालिका–८ का सोनाफाटाका ११ वर्षीय स्केल चौधरी, सोही ठाउँका ४० वर्षीय ईश्वर शाही र ३२ वर्षीय चक्र बिक रहेका छन् ।

प्रहरी उपरीक्षक जबराका अनुसार काडा, पर्थैया, कान्द्रा र मोहोना नदीमा आएको बाढीको भेल बस्तीमा पस्दा उनीहरुलाई बगाएको हो ।

‘बुधबार अविरल वर्षासँगै आएको बाढी बस्तीमा पसेको थियो । बस्तीमा पसेको बाढीबाट सुरक्षित स्थानमा जान खोज्दा उनीहरु बेपत्ता भएका हुन,’ प्रहरी उपरीक्षक जबराले भने, ‘उनीहरुको खोजी कार्य जारी छ ।’  

अविरल वर्षासँगै आएको बाढी बस्तीमा पस्दा कैलालीमा ६ हजार भन्दा बढी घर डुबानमा परेका छन् । जिल्ला प्रशासन कार्यालय कैलालीले दिएको जानकारी अनुसार ६ हजार ३२० घर डुबानमा परेको छ ।




भर्खरै