२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित, सरकार र राजनीतिक दलप्रति अध्यक्ष दाहालको असन्तुष्ट सरकारले दबाब दिएर मात्रै नतिजा आउँदैनः पूर्वउपाध्यक्ष पोखरेल बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द कांग्रेसले बोलायो सिंहदरबारमा विपक्षी दलहरूको संयुक्त बैठक सरकारद्वारा डीडीसी उत्पादन प्रवर्द्धनलाई राष्ट्रिय प्राथमिकता, प्रधानमन्त्री शाहको पनि समर्थन बजेट सुन्दा कर्णप्रिय छ, तर भित्र रूपान्तरणकारी सोचको अभाव छः पूर्वअर्थमन्त्री पुन एनआरएनए पोर्चुगलद्वारा आर्थिक पारदर्शिताका लागि सङ्कलित रकम बैंक खातामा जम्मा गर्न आह्वान संसदको गतिरोध: विपक्षीको विरोध, सरकारको बिजनेस प्रभावित प्रधानमन्त्री जिम्मेवार नभएकाले संसद सुचारु हुन सकेनः काँग्रेस शिक्षा र स्वास्थ्यमा प्रस्तावित कर नीति उपयुक्त नभएको करविद् चन्द्रमणि अधिकारीको टिप्पणी
तपाईं के खोज्दै हुनुहुन्छ ?

उद्योगमन्त्रीलाई ज्यान मार्ने धम्की



अ+ अ-

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आफूलाई ज्यान मार्ने धम्की आएको बताएका छन् । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्बन्धी सम्झौतालाई समर्थन गरेमा बझाङबाट एक जनाले टेलिफोन गरेर टाउको काट्ने धम्की दिएको बताएका हुन् ।

बिहीबार संसदको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनले सो कुरा बताएका थिए ।  ‘अस्ती मलाई एउटा फोन आयो, बझाङ जिल्लाबाट एमसीसीको बारेमा’ उनले भने ‘तैले समर्थन गरिस् भने तेरो टाउको काटिन्छ । शब्दै यही छ ।’

‘अनि मैले भाइ तपाईले (सम्झौता) पढ्नुभएको छ, भनेँ, किन पढ्नुपर्‍यो पास नगर्ने भनेसि नगर्ने, पढ्ने तेरो जिम्मा हो (भने)’ मन्त्री भट्टले थपे । नेपालमा कुनै पनि विषयमा पढ्दै नपढी प्रतिक्रिया जनाउने प्रचलन बढ्दै गएको उनले बताए । ‘हाम्रो प्रवृत्ति भित्र के छ भन्ने नबुझी, नहेरी सुनी सुनाईका कुरामा गइराछ’ उनले भने ।




भर्खरै