२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित, सरकार र राजनीतिक दलप्रति अध्यक्ष दाहालको असन्तुष्ट सरकारले दबाब दिएर मात्रै नतिजा आउँदैनः पूर्वउपाध्यक्ष पोखरेल बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द कांग्रेसले बोलायो सिंहदरबारमा विपक्षी दलहरूको संयुक्त बैठक सरकारद्वारा डीडीसी उत्पादन प्रवर्द्धनलाई राष्ट्रिय प्राथमिकता, प्रधानमन्त्री शाहको पनि समर्थन बजेट सुन्दा कर्णप्रिय छ, तर भित्र रूपान्तरणकारी सोचको अभाव छः पूर्वअर्थमन्त्री पुन एनआरएनए पोर्चुगलद्वारा आर्थिक पारदर्शिताका लागि सङ्कलित रकम बैंक खातामा जम्मा गर्न आह्वान संसदको गतिरोध: विपक्षीको विरोध, सरकारको बिजनेस प्रभावित प्रधानमन्त्री जिम्मेवार नभएकाले संसद सुचारु हुन सकेनः काँग्रेस शिक्षा र स्वास्थ्यमा प्रस्तावित कर नीति उपयुक्त नभएको करविद् चन्द्रमणि अधिकारीको टिप्पणी
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोजगारदाता र ट्रेड युनियन महासंघबीच सहमति



अ+ अ-

रोजगारदाता संस्थाहरु र संयुक्त ट्रेड युनियन समन्वय केन्द्रबीच लक डाउन अवधिमा श्रमिकहरुको तलब भुक्तानीका बारेमा सहमति भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल नेम्बर अफ कमर्श, नेपाल घरेलु तथा साना उद्योग महासंघ लगायतका रोजगारदाता संस्था र संयुक्त ट्रेड युनियन समन्वय केन्द्रआवद्ध ट्रेढ युनियन महासंघहरुबीच लक डाउन अवधिको तलब भुक्तानीका विषयमा सहमति भएको हो । 

रोगजारदाता परिषदका सभापति तथा नेपाल उद्योग वााण्ज्यि महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालका अनुसार लकडाउनको समयमा चैत महिनाको पुरै तलब दिने तथा बैशाख महिनाको लागि ५० प्रतिशत भुक्तानी दिने सहमति भएको छ । यस्तै जेठ महिनाको हकमा लकडाउनका कारण काममा उपस्थित हुन नसकेका श्रमिकलाई पनि ५० प्रतिशत भुक्तानी गर्ने सहमति बनेको छ ।

संयुक्त ट्रेड समन्वय केन्द्रका अध्यक्ष पुष्कर आचार्यले कुनै पनि श्रमिकलाई लक डाउनको बाहानामा कामबाट ननिकाल्ने र पालैपालो काम दिएर समानुपातिक ढंगले पारिश्रमिक दिने समझादारी भएको बताउनुभयो । काम गर्न आउने श्रमिक कर्मचारीलाई कार्यस्थलसम्म आउने वातावरण सरकार वा रोजगारदाताले गर्नुपर्ने सहमति भएको उहाँले बताउनुभयो ।

यसैगरी लकडाउनको अवधिमा बन्द रहेका उद्योग संचालन गर्ने क्रममा सम्पूर्ण उद्योग प्रतिष्ठानहरुले कर्मचारीको स्वास्थ्य सुरक्षाको लागि आवश्यक व्यवस्था मिलाउने सहमति पनि भएको छ । उद्योग व्यवसायको प्रकृति र अवस्थ अनुसार उद्योग प्रतिष्ठानको सहज सञ्चालन, लक डाउन अवधिको पारिश्रमिक भुक्तानी र श्रमिकलाई आलोपालो गरी काममा लगाउने लगायतका विषयमा सम्बन्धित वस्तुगत संघ र सो क्षेत्रसँग सम्बन्धित उद्योग प्रतिठानका रोजगारदाता र प्रतिष्ठान स्तरका ट्रेड युनियनहरुले पनि आपसी छलफल गरी सहमति गर्ने समझदारी भएको छ ।




भर्खरै