२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
रास्वपा मधेश प्रदेश अधिवेशनका सम्पूर्ण गतिविधि अर्को सूचना नआएसम्म स्थगित प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै करकाे दर हेरफेर विवादमा सरकारद्धारा अर्थमन्त्रीको बचाउ, मेहनत गरेर बजेट ल्याएकाे दाबी विपक्षीसँग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै रहेनछन्ः प्रवक्ता पोखरेल रास्वपा बागमती प्रदेश अधिवेशन हेटौँडामा सुरु, नयाँ नेतृत्व चयन हुँदै महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले गर्‍यो ग्रहण सरकारद्वारा चार जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति कार्यसम्पादनमा देखिएका समस्या तत्काल समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन ‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ को नतिजा सार्वजनिक, ‘ऊनको स्वीटर’ उत्कृष्ट चलचित्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यक्ष केसीको प्रश्नः आफैँ भ्रष्टाचारमा लिप्त भएकाहरुले जनतालाई कसरी सम्झाउनुहुन्छ?



अ+ अ-

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राज्यसत्तामा रहेकाहरुको कमजोरीकै कारण लोकतान्त्रिक व्यवस्था खतरामा रहेको बताउनुभएको छ ।

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै अध्यक्ष केसीले यस्तो बताउनुभएको हो ।

उहाँले सत्तामा गएकाहरुले अप्ठ्यारो परेको बेला सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्तिका कारण व्यवस्थामाति खतरा बढेको बताउनु भयो । उहाँले लोकतन्त्र र गणतन्त्रमाथि भइरहेको व्यापक हमलाको समाधान सबै दलहरु मिलेर गर्नुपर्ने समेत बताउनु भयो । उहाँले सत्तामा बसेकाहरु नै भ्रष्टाचारमा लिप्त र व्यवस्थाविरोधी काम गरिरहे जनतालाई सम्झाउन नसकिने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘सत्ता र शक्तिमा गएकाले जब अप्ठ्यारो पर्छ सम्झौता गर्ने, सम्झौतालाई कार्यान्वयन नै नगरिदिने । ०४६ सालको कुरा भन्नुस्, २०६२÷०६३ सालको कुरा भन्नुस् । अहिले पनि हजारौं शिक्षकहरु सडकमा छन् । चारैतिरबाट जुन लोकतन्त्र र गणतन्त्रमाथि व्यापक हमला भइरहेको छ यसमा हामी सबै मिलेर समाधान गर्ने हो । हामी आफूले भ्रष्टाचार गरेका छौं, लोकतन्त्र र गणतन्त्रविरोधी आचरण गरिराखेका छौं भने जनताई कसरी तपाईहरुले सम्झाउन सक्नुहुन्छ ?आफ्नो साथमा भएकाहरुले भ्रष्टाचार गरेपनि लुटेपनि केही नहुने त्यसभन्दा बाहिरकालाई कारबाही हुने कुरा त जनताले हेरिराखेको छ नि ।’

उहाँले अहिलेपनि कतिपय जिल्लामा २० रुपैयाँ तिरेर बाँसको पुल तर्नुपर्ने बाध्यतामा जनता रहेको बताउनु भयो । उहाँले त्यही हो तपाईहरुले संघीयता ल्याएर स्विट्जल्याण्ड बनाएको नेपाल रु भन्दै प्रश्न समेत गर्नुभयो ।