२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
पूर्वअर्थमन्त्री महतले भने: २१ खर्ब २४ अर्बको बजेट महत्वाकांक्षी तर कार्यान्वयनयोग्य सभामुखले संसदलाई पेलेर लैजाने नीतिले सही गन्तव्यमा पुग्न सकिँदैनः सांसद शाही प्रतिनिधि सभाको मर्यादा कायम राख्न सभामुख अर्यालको निर्देशन राज्य एक्लैले विकास सम्भव हुँदैन, निजी क्षेत्रको सहभागिता अपरिहार्य: पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे राप्रपाले माग्यो अर्थमन्त्री वाग्लेको राजीनामा विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गर्दै अध्यक्ष राईद्वारा सङ्कल्प प्रस्ताव पेश सभामुखद्वारा संसदमा ५ मिनेट मौनधारणप्रति आपत्ति, ‘सभाको मर्यादा उल्लंघन भएको’ टिप्पणी अर्थमन्त्री वाग्लेले करकाे दर मनलाग्दी संशोधन गरेको सांसद थेवेकाे दाबी प्रधानमन्त्रीको अभिव्यक्तिबाट देशको छवि बिग्रिएको कांग्रेस सचेतक राईको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मौसम पुर्वअनुमान: सोमबार रातिदेखि फेरि ४ दिन ठूलो वर्षा



अ+ अ-

काठमाडौं । केही दिन केही कम भएको वर्षा आगामी सोमबार रातिदेखि फेरि बढ्ने सम्भावना रहेको भन्दै सबैलाई सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सुझाव दिएको छ ।  ‘आउँदो सोमबार (साउन १२) रातबिाट ३–४ दिनसम्म नेपालमा मनसुन सक्रिय भई देशको धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा भारी वर्षा हुन सम्भावना छ,’ विशेष मौसम बुलेटिनमा भनिएको छ, ‘त्यसैले ती स्थानका नदीरखोलामा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेतको जोखिम रहन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’

यसैगरी आइतबार पनि देशका केही स्थानमा हल्कादेखि मध्यमसम्म तथा रातिचाहिँ प्रदेश १ र गण्डकीका एक–दुई स्थानमा मेघगर्जन चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ । महाशाखाका अनुुसार सोमबार दिउँसो देशका केही स्थानमा हल्कादेखि मध्यसम्म र प्रदेश १, २ र गण्डकीका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।  

सोमबार रातिदेखि भने वर्षाको मात्रा बढ्दै जाने महाशाखाले जनाएको छ । किनकि त्यस रातिदेखि मनसुनको न्यून चापीय रेखा नेपाल नजिकै आउने यसअघि नै उल्लेख गरिसकिएको छ ।  




भर्खरै