२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
सरकारद्वारा २५ अत्यावश्यक सेवामा हडताल निषेध विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित, सरकार र राजनीतिक दलप्रति अध्यक्ष दाहालको असन्तुष्ट सरकारले दबाब दिएर मात्रै नतिजा आउँदैनः पूर्वउपाध्यक्ष पोखरेल बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द कांग्रेसले बोलायो सिंहदरबारमा विपक्षी दलहरूको संयुक्त बैठक सरकारद्वारा डीडीसी उत्पादन प्रवर्द्धनलाई राष्ट्रिय प्राथमिकता, प्रधानमन्त्री शाहको पनि समर्थन बजेट सुन्दा कर्णप्रिय छ, तर भित्र रूपान्तरणकारी सोचको अभाव छः पूर्वअर्थमन्त्री पुन एनआरएनए पोर्चुगलद्वारा आर्थिक पारदर्शिताका लागि सङ्कलित रकम बैंक खातामा जम्मा गर्न आह्वान संसदको गतिरोध: विपक्षीको विरोध, सरकारको बिजनेस प्रभावित प्रधानमन्त्री जिम्मेवार नभएकाले संसद सुचारु हुन सकेनः काँग्रेस
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टिभित्र सर्वाेपरी ठान्ने व्यक्ति आँफै पतन हुन्छन्ः माधव नेपाल



अ+ अ-

काठमाडाैंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालले आफूलाई सर्वोपरी ठान्ने व्यक्ति र प्रवृत्ति आँफै पतन भएर जाने टिप्पणी गर्नुभएको छ ।

४२ औं पुष्पलाल स्मृति दिवसका अवसरमा राजधानीमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै नेता नेपालले विधि र पद्धतिको पालना नगरी आफूलाई सर्वोपरी ठान्ने र आफैंलाई केन्द्रविन्दुमा राख्नेहरु आफैं पतन भएर जाने र त्यो प्रवृत्ति पनि पतन हुने बताउनु भएकाे छ ।

विधिको पालना गरी संगठनलाई सुचारु गर्न सके सबै कुरा गति र स्वाभाविक प्रकृयामा अगाडी बढ्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘विधिको पालना गरिएन भने, ‘आइएम द स्टेट’ ठानियो भने, आफूलाई सर्वोपरी ठान्न थालियो भने, आफूलाई मात्र केन्द्रविन्दुमा राख्न थालियो भने, आफू बाहेक दुनियाँमा कसैको केही अर्थ छैन भन्ने ठान्न थालियो भने त्यस्तो अहंकारको भावनामा चल्न थालियो भने त्यस्तो अवस्थामा त्यो व्यक्ति र प्रवृत्तिको पतन हुने बाहेक अर्को केही पनि हुँदैन ।’’

नेता नेपालले त्यस्तो प्रवृत्तिमा कोही चुर्लुम्म डुबेको छ भने समयमै जोगिनुपर्ने पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘त्यस्ता विचार र प्रवृत्तिमा यदि हामी केही चुर्लुम्म डुबेका छौँ भने त्यसबाट जोगिन समय छ । तर समय धेरै ढिला हुन थालेको छ ।’’

नेता नेपालले कम्युनिष्ट पार्टी फुट्छ की भन्ने चिन्ता नलिन पनि कार्यकर्ताहरुलाई आग्रह गर्नुभयाे । कसैले पार्टी फुटाउन खोजे उ एक्लिएर जाने तर पार्टी कहिले पनि नफुट्ने उहाँले दाबी गर्नुभयाे । उहाँले भन्नुभयो, ‘‘पार्टी फुट्नेवाला छैन । कसैले चोइट्याउन खोज्यो भने एक्लिएर जाला तर पार्टी फुटेर जानेवाला छैन । फुट्नेवाला छैन । कसैले पार्टी फुट्छ भनेर लेखिहाल्यो भनेपनि डरले थर थर काप्नुपर्ने आवश्यकता छैन ।’’

नेता नेपालले पार्टी भित्रको समस्या छलफल गरेर हल गर्ने अधिकतम प्रयास भइरहेको समेत बताउनभयाे ।  पार्टीका लागि व्यक्ति प्रधान नभएर विधि र पद्धति प्रमुख कुरा भएको उहाँले बताउनुभयो । विधि र पद्धतिको आधारमा सबैले पार्टी बहुमतले गरेको निर्णय मान्नुपर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘‘म मान्दिन, म मान्न बाध्य छैन आदि इत्यादी भन्न कसैले पनि पाउँदैन । त्यो छुट पाइँदैन । मलाई लाग्छ फेरि पनि बुद्धि सबैमा पलाउने छ ।’’