काठमाडौं । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार शुक्ररबार ट्रपिकल तथा सरुवा रोग अस्पतालमा काठमाडौँका ५ र त्रिवि शिक्षण अस्पतालमा ५ जनामा गरी १० जनामा कोरोना पुष्टि भएको हो। हिजो मात्र काठमाडौं उपत्यकमा ९ जनामा कोरोना भाइरस संक्रमण देखियो हो ।
पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ९८७ जानको टेस्ट गर्दा १३३ को पीसीआर रिपोर्ट पोजिटिभ आएको प्रवक्ता गौतमले बताए।
योसँगै नेपालमा ५ हजार ३८३ सक्रिय संक्रमित रहेका छन्। पछिल्लो २४ घण्टामा १०७ जना कोरोना मुक्त भएर घर फर्केका छन्। योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या १२ हजार ९४७ पुगेको छ।












