२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न ११ बजे मन्त्रिपरिषद् बैठक बस्दै ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिवन्धको घोषणा ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते फिलिपिन्समा शक्तिशाली भूकम्पपछि जारी सुनामी चेतावनी इण्डोनेसियाले फिर्ता लियो इरानी पेट्रोकेमिकल उद्योगमाथि आक्रमणको बदलामा इजरायली शहर हाइफामा इरानद्वारा क्षेप्यास्त्र प्रहार यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस सांसदको प्रश्तावः संविधान संशोधन गरेर शिक्षकलाई संघअन्तर्गत राखौँ, नत्र गोहीका आँशु ननिकालौँ



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद देवप्रसाद तिमल्सिनाले संविधान संशोधन गरेर शिक्षकलाई संघीय सरकारअन्तर्गत राख्न सबै सांसद तयार हो भन्दै प्रश्न गर्नुभएको छ ।

मंगलवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले शिक्षकका मागहरु धेरैले उठाइसकेको भन्दै शिक्षकहरुका माग सम्भव भएसम्म सबै पूरा गरेर विद्यालय फर्काउने वातावरण बनाउन माग गर्नुभयो । उहाँले शिक्षकलाई स्थानीय तहमा राख्न नहुनेमा शिक्षकहरुको माग रहेको भन्दै संविधान संशोधन गरेर शिक्षकका मागहरु पूरा गर्न तयार हुनुपर्ने बताउनु भयो । उहाँले शिक्षकका मागहरु पूरा गर्न २ सय ७५ जना सांसद नै तयार रहेको भन्दै तत्काल २७५ जनाले नै हस्ताक्षर गरेर संविधान संशोधन गरेर संघमा शिक्षकलाई ल्याउने व्यवस्था गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘धेरै मान्यज्युहरुले संसदमा शिक्षकको कुराहरु बोलिसक्नुभएको छ । यो विषयमा मेरो धेरै भन्नु केही छैन । शिक्षकका मागहरु सम्भव भएसम्म सबै पूरा गरेर उहाँहरुलाई स्कुल पठाउने वातावरण बनाउन सरकारसँग जोडदार माग गर्दछु । उहाँहरुले जहिले पनि भन्दै आउनुभएको छ । शिक्षालाई स्थानीय तहमा राख्नु हुँदैन भनेर । यसमा संविधान संशोधनको कुरा आउँछ । अब सबै दल एकजुट हुनुहुन्छ अहिले, २७५ जना नै तयार । तत्काल २७५ जनाले नै हस्ताक्षर गरेर संविधान संशोधन गरेर संघमा शिक्षकलाई ल्याउने व्यवस्था गर्नुभयो । नत्र भने गोहीको आँशु चुहाउने काम कसैले नगरौँ । सत्तामा बस्नबाट कोही वञ्चित हुनुहुन्न । सत्तापक्ष पनि सरकारमा, प्रतिपक्ष पनि सरकारमा बसिसक्नुभएको छ । कोही पनि सरकारबाट बाहिर हुनुहुन्न ।’

सरकारमा अहिलेको विपक्षी दलहरु पनि रहिसकेकाले गोहीका आँशु निकाल्नुको फाइदा नरहेको बताउनु भयो ।