२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
पूर्वअर्थमन्त्री महतले भने: २१ खर्ब २४ अर्बको बजेट महत्वाकांक्षी तर कार्यान्वयनयोग्य सभामुखले संसदलाई पेलेर लैजाने नीतिले सही गन्तव्यमा पुग्न सकिँदैनः सांसद शाही प्रतिनिधि सभाको मर्यादा कायम राख्न सभामुख अर्यालको निर्देशन राज्य एक्लैले विकास सम्भव हुँदैन, निजी क्षेत्रको सहभागिता अपरिहार्य: पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे राप्रपाले माग्यो अर्थमन्त्री वाग्लेको राजीनामा विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गर्दै अध्यक्ष राईद्वारा सङ्कल्प प्रस्ताव पेश सभामुखद्वारा संसदमा ५ मिनेट मौनधारणप्रति आपत्ति, ‘सभाको मर्यादा उल्लंघन भएको’ टिप्पणी अर्थमन्त्री वाग्लेले करकाे दर मनलाग्दी संशोधन गरेको सांसद थेवेकाे दाबी प्रधानमन्त्रीको अभिव्यक्तिबाट देशको छवि बिग्रिएको कांग्रेस सचेतक राईको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

उद्योग वाणिज्य महासंघको साधारणसभा गर्न सरकारको स्वीकृति



अ+ अ-

काठमाठौँ । यही साउनको २६ र २७ गते आयोजना गरिएको नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा निर्धारित मितिमै गर्न सरकारले अनुमति दिएको छ । उक्त साधारणसभाको निर्धारित निर्वाचनलगायतका सबै कार्यतालिकाहरु प्रकाशन भइसकेको र सोही बमोजिम तयारी पनि भएको महासंघले जनाएको छ । 

काठमाडौँमा हुन लागेको यस साधारण सभा समयमै गर्न पाउनुपर्ने प्रयोजनका लागि महासंघले नेपाल सरकारसँग पत्र लेखेर अनुमति मागेको थियो ।  नेपाल सरकारले उक्त साधारण सभा रोक्नुपर्ने कुनै कारण नरहेको र यसअघि पनि चैतमा आयोजना भएको यस साधारण सभा पुनः अर्काे मिति तोकेर प्रक्रिया नै सुरु गरिसकेकोले गर्न दिने भएको हो । 

कोराना नियन्त्रण तथा रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समिति स्रोतका अनुसार अहिले नै साधारण सभाका लागि कुनै निर्णय गरिरहनु नपर्ने भएकोले निर्धारित मितिमै आफ्नो कार्यक्रम गर्न दिनेगरी कुनै पत्राचार नगरिएको बतायो । 

सो समिति स्रोतले भन्यो– अहिलेलाई उहाँहरुका सबै कार्यक्रमसम्बन्धी सूचनाहरु सार्वजनिक नै भइसकेका र कार्यक्रमहरु अघि बढाइसक्नुभएकोले सरकारले केही भनिरहनु पर्दैन, अहिलेकै अवस्थामा सुरक्षित स्वास्थ्य मापदण्ड अपनाएर कार्यक्रम गर्न सकिने भएकोले कुनै लिखित आदेश सरकारले दिइरहनु पर्दैन, भोलि २० गतेसम्मको अवस्था हेर्दा यदि महामारी बढ्दै गयो भने सरकारले त्यतिबेला नै उहाँहरुलाई केही अनुरोध गर्न सक्नेछ । 

सरकारी समाचार स्रोतका अनुसार अहिले नै केही गर्नुपर्दैन, निर्वाचनको एक हप्ता अघिको अवस्था हेरेर रोक्नुपर्ने अवस्था आयोभने त्यति नै बेला बरु सरकारले उहाँहरुलाई भन्नसक्छ । 
नेपाल सरकारको यो सुनिश्चितापछि महासंघले निर्वाचनको तयारी थालेको छ । सोही प्रयोजनका लागि बिहीबार २ बजे पदाधिकारीको बैठक पनि बोलाइएको छ । उक्त बैठकमा सरकारको यस आश्वासनका बारेमा आवश्यक मात्रामा छलफल गरी साधारण सभाको थप तयारी अघि बढाइने स्रोतले महासंघको समाचार स्रोतले जनायो ।

नेपाल सरकारले बुधबारदेखि लकडाउन हटाएको छ । मन्त्रिपरिषदको बैठकले चैत ११ गतेदेखि लगाएको लकडाउन मंगलबार मध्यरातिदेखि पूर्ण रुपमा हटाएको थियो । 
यसैगरी सरकारले यही साउन १५ गतेदेखि सबै होटलहरु पनि खुला गर्ने निर्णय यसअघि नै गरिसकेको छ । त्यस्तै लामो दुरीका सवारीसाधनका साथै आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरु पनि सोही दिनदेखि गर्ने निर्णय पनि सरकारले गरिसकेको छ । 

यसरी अब सबैतिर खुला भएपछि नेपाल उद्योग वाणिज्य महासंघको ५४ औँ साधारणसभा पनि सुचारु हुने भएको बताइएको छ । लकडाउन जारी नै रहेको र कोरोना भाइरसका संक्रमितहरु पनि बढ्नसक्ने भन्दै सो साधारणसभा नहुने हो कि भन्ने आशंका नेपालका उद्योगी, व्यवसायीहरुमा रहेकोमा सरकारको यो सुनिश्चिता पछि सजिलो भएको महासंघका पदाधिकारीहरुले बताए । 
साधारणसभाको तयारी अन्तिम चरणमा पुगेको महासंघले जनाएको छ । आगामी आइतबारदेखि  उम्मेदवारी दर्ताको प्रक्रिया पनि शुरु हुने कार्यक्रम छ । 
 




भर्खरै