२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
पूर्वअर्थमन्त्री महतले भने: २१ खर्ब २४ अर्बको बजेट महत्वाकांक्षी तर कार्यान्वयनयोग्य सभामुखले संसदलाई पेलेर लैजाने नीतिले सही गन्तव्यमा पुग्न सकिँदैनः सांसद शाही प्रतिनिधि सभाको मर्यादा कायम राख्न सभामुख अर्यालको निर्देशन राज्य एक्लैले विकास सम्भव हुँदैन, निजी क्षेत्रको सहभागिता अपरिहार्य: पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे राप्रपाले माग्यो अर्थमन्त्री वाग्लेको राजीनामा विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गर्दै अध्यक्ष राईद्वारा सङ्कल्प प्रस्ताव पेश सभामुखद्वारा संसदमा ५ मिनेट मौनधारणप्रति आपत्ति, ‘सभाको मर्यादा उल्लंघन भएको’ टिप्पणी अर्थमन्त्री वाग्लेले करकाे दर मनलाग्दी संशोधन गरेको सांसद थेवेकाे दाबी प्रधानमन्त्रीको अभिव्यक्तिबाट देशको छवि बिग्रिएको कांग्रेस सचेतक राईको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्सामा थप १७ जनामा कोरोना संक्रमण पोजिटिभ



अ+ अ-

वीरगञ्ज । पर्सामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बुधबार राति आएको रिपोर्टमा दुई जना चिकित्सकमा समेत कोरोना संक्रमण देखिएको छ । गण्डकमा मृत्यु भएका वृद्धसहित १७ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालको पीसीआर प्रयोगशालाले जानकारी दिएको छ । एक सय २८ वटा नमुना परीक्षण गर्दा ४ जना महिलासहित १७ जनामा कोरोना संक्रमण पुष्टि भएको ल्याब प्रमुख प्याथोलोजिस्ट डाक्टर निरा पाठकले बताइन् ।

नारायणी अस्पतालमै कार्यरत ४७ वर्षीय चिकित्सक, दुई वर्ष पहिले अवकाश पाइसकेका ६० वर्षीय चिकित्सकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । सिर्सिया सुख्खा बन्दरगाहमा काम गर्ने २९ र ३६ बर्षीय कर्मचारी र ड्राइपोर्टकै ट्रक चालक ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

एडभान्स अस्पतालबाट पठाइएको स्वाबमध्ये ८५ वर्षीया महिला, २६ र ६८ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ । नारायणी अस्पतालमा कार्यरत स्वीपरमा साउन ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको २२ र २० बर्षिया दुई छोरीमा पनि कोरोना देखिएको छ । नारायणी अस्पतालमा कार्यरत एक चिकित्सकको बुवा नारायणी अस्पतालको आईसियुमा उपचारत थिए । ५० वर्षीय उनको पनि पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।

तीन दिनदेखि सुख्खा खोकी लागेर पीसीआर परीक्षण गराउन आएका श्रीपुर पचगावाका ३९ बर्षिय पुरुष, कादम्बरी एकेडेमीमा कक्षा १० मा अध्ययनरत वीरगञ्ज–१० बस्ने १५ बर्षिय किशोर, नारायाणी अस्पतालको अर्थो वार्डमा उपचाररत वीरगञ्ज–१ छपकैयाकी ३२ बर्षिया महिला, पटेर्वासुगौली गाउँपालिका–५ देवरियाका २३ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पताल पीसीआर प्रयोगशालाले जनाएको छ । मारुती फर्मामा कार्यरत ३१ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ । मारुती फर्मामा यसअघि पनि ६ जनामा कोरोना संक्रमण पुष्टि भईसकेको छ ।




भर्खरै