२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन विपक्षी दलहरूको संयुक्त बैठक सिंहदरबारमा जारी भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२ सम्पन्न, मीरा राणा र सी.के.रसाइली सम्मानित सर्वोच्चद्वारा सांसद बोहराको नाम प्रतिवेदनमा समावेश गर्नुको कारण पेश गर्न आयोगलाई आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमतीलाई नमूना प्रदेशका रुपमा विकास गर्नुपर्छ : पूर्व मुख्यमन्त्री शाक्य



अ+ अ-

वाग्मती । बागमती प्रदेशका पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बागमतीलाई नमूना प्रदेशका रुपमा विकास गर्नुपर्ने धारणा राख्नुभएको छ । उहाँले विगतका सबै कमिकमजोरीलाई सच्चाएर अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभयो ।

प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा प्रदेशसभा बैठकमा आज आफ्नो धारणा राख्दै शाक्यले संसद् सञ्चालन गर्न सत्तापक्षले भन्दा बढी प्रमुख प्रतिपक्षका रुपमा आफूहरुले भूमिका खेलेको बताउनुभयो ।

जनताप्रति सरकार र प्रतिपक्ष दुबै उत्तरदायी तथा जिम्मेवार हुनुपर्ने उहाँको भनाइ थियो । सरकार र प्रतिपक्ष कसैले पनि सङ्किर्ण सोच राख्न नहुने शाक्यले बताउनुभयो । उहाँले प्रदेशको आफूहरुसमेत सहभागी भई तयार गरेका सुरुङमार्ग, विद्युतीय बस सञ्चालन लगायतका महत्वपूर्ण योजना कटौती गर्ने सरकारको निर्णय उचित नभएको बताउनुभयो ।

“मुख्यमन्त्रीले विद्युतीय बस सञ्चालनका लागि तथा सुरुङमार्ग निर्माणका लागि छुट्याएको बजेट तुरुन्तै अन्त खर्च गर्छु भनेर संसद्मा उभिएर भन्नुभएको कुरा नाजायज छ” उहाँले भन्नुभयो । सदनबाट पास भएको बजेट सदनलाई जानकारी नदिई अन्यत्र खर्च गर्नु कानुन विपरीत हुने पूर्व मुख्यमन्त्री शाक्यको भनाइ थियो ।