२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
बालेन्द्र सरकारमा सुधन गुरुङ पुनः गृहमन्त्री, आजै शपथग्रहण आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’का रूपमा मनाउने श्रममन्त्री यादवको घोषणा एमाले पुनर्गठन कार्यदलको बैठक च्यासलमा सुरु, एक महिनाभित्र प्रतिवेदन बुझाइने पोखरा बसपार्क निर्माणका लागि महानगर र जग्गाधनीबीच सहमति, रिट फिर्ता लिने समझदारी तोलामा २ हजारले बढ्यो सुनको मूल्य डेडिकेटेड–ट्रङ्क लाइन बक्यौता असुली तत्काल अघि बढाउन अध्यक्ष घिसिङको आग्रह विश्वकप हेर्न हिँडेका एन्फा अध्यक्ष र महासचिवलाई अध्यागमनले विमानस्थलबाट फर्कायो सुरक्षित नेपालका लागि साझेदारी, ज्ञान र उत्थानशीलताको आवश्यकतामा जोड काठमाडौं महानगरपालिकाको १९ औं अधिवेशन यही जेठ ३१ गते हुने ‘होमस्टे’ले बदलिँदै थारू महिलाको जीवनशैली
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय गौरवका आयोजनाहरूका लागि छुट्टै कानून निर्माण गर्नुपर्छः सांसदहरु



अ+ अ-

काठमाडौँ । घोषणा गरेका आयोजनाहरु सम्पन्न नहुँदै नयाँ आयोजना थप्दै जाने प्रवृत्तिका कारण राष्ट्रिय गौरवका आयोजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन नभएको सांसदहरुले बताएका छन् ।

राष्ट्रिय सभाअन्तर्गत संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बिहीवारको बैठकमा बोल्दै उनीहरुले राष्ट्रिय गौरवका आयोजनाहरूका लागि छुट्टै कानून निर्माण गर्नुपर्ने र स्पष्ट मापदण्ड तय गर्नुपर्ने धारणा रोखका छन् ।

नेकपा (एकीकृत समाजवादी) का सांसद उदयबहादुर बोहराले आयोजनाहरू घोषणा भएपनि बजेटको अभावमा वर्षौंसम्म अलपत्र रहेको बताउनु भयो । उहाँले पुराना आयोजनाहरु निर्माण सम्पन्न नहुँदै नयाँ आयोजनाहरु थप्ने प्रवृत्तिका कारण वर्षौंसम्म अलपत्र पर्ने गरेको उल्लेख गर्नुभयो । पूर्व–पश्चिम मेट्रो आयोजना कम्तीमा १०–१५ वर्षसम्म शुरु नहुने सांसद बोहराको दाबी छ । उहाँले पुराना राष्ट्रिय गौरवका आयोजनाहरु सम्पन्न नहुँदै नयाँ आयोजनाहरु नथप्न संसदीय समितिमार्फत सरकारलाई सुझाव दिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सरकारहरुबाट कुन उद्देश्यका साथ राष्ट्रिय गौरवका आयोजनाहरु छनोट गरिन्छ रु र ति आयोजनालाई लामो समयसम्म पनि बजेटको अभावको कारणले अलपत्र छन् । यो एकदमै दुःखको कुरा हो । एकातिर पहिले घोषणा गरेका राष्ट्रिय गौरवका आयोजनाहरु सम्पन्न नहुनु र अर्कोति गौरवका आयोजनाहरु थप्दै जानु १ त्यसो भएको हुनाले यस विषयमा गम्भिर भएर सरकारको ध्यान केन्द्रित गर्ने तरिकाले हामीले समितिबाट सुझाव दिँदाखेरि राम्रो हुन्छ भन्ने मलाई लाग्छ । अर्को कुरा, राष्ट्रिय गौरवका आयोजनामध्येबाट पनि सरकारे निष्प्रभावि योजनाहरुलाई हटाउने भनेको छ । तर मलाई लागेको कुरा पूर्व–पश्चिम मेट्रोको आयोजना सरकारले १०÷१५ वर्षसम्म शुरु गर्ने सक्दैन । शहरी क्षेत्रका जग्गाको मुआब्जा दिन नै कठिन हुन्छ ।’

नेकपा (माओवादी केन्द्र) का सांसद जगतबहादुर पार्कीले राष्ट्रिय गौरवका आयोजनाहरुको निर्माण सम्पन्न गर्न समयसीमा तोकिनुपर्ने बताउनु भयो । उहाँले राष्ट्रिय गौरवका आयोजनाहरु समयमै सम्पन्न नहुनुको कारण खोजिनुपर्ने बताउनु भयो । राष्ट्रपति चुरे–तराई मधेस संरक्षण कार्यक्रमको प्रभावकारिता बढाउनुपर्नेमा पनि उहाँको जोड छ ।

उहाँले भन्नुभयो, ‘राष्ट्रिय गौरवका आयोजनाहरु जति पनि घोषणा भएको छन् ति आयोजनाहरु समयमै सम्पन्न नहुने समस्या छ । यस्ता धेरै आयोजनाहरु छन् । हामीले आयोजनाहरुलाई सम्पन्न गराउने कुरातर्फ जोड दिनुपर्छ । कुनैपनि आयोजनाहरुलाई समयावधि तोकिसकेपछि समयभित्रै सम्पन्न गर्नको लागि सरकारले ध्यान दिनुपर्छ । दोस्रो कुरा राष्ट्रपति चुरे–तराई मधेस संरक्षण कार्यक्रम छ । यसको प्रभावकारिता बढाउनुप¥यो ।’

सभापति सभापति सोनाम गेल्जेन शेर्पाले राष्ट्रिय गौरवका आयोजनाहरूका लागि छुट्टै कानूनी व्यवस्था आवश्यक रहेको बताउनु भयो । उहाँले राष्ट्रिय गौरवका आयोजनाहरुको कार्यान्वयनको लागि स्पष्ट ढाँचा नहुँदा समस्या भएको बताउनु भयो । उहाँले सरकारलाई राष्ट्रिय गौरवको आयोजनाको स्पष्ट मापदण्ड निर्माण र कानून बनाउने दिशामा अघि सुझाव दिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रिय गौरवको आयोजनाहरुको छुट्टै कानून हुनुपर्छ । भन्नलाई राष्ट्रिय गौरवको आयोना भनेको छ ठेक्का प्रक्रियादेखि विकास निर्माणका काम अरु योजनाहरु जस्तै छन् । फास्ट ट्रयाकमा जाने कि के गर्ने भन्ने कुनै खालको छैन । हामीले सरकारलाई राष्ट्रिय गौरवका आयोजनाहरुको मापदण्ड बनाउनुपर्छ भन्ने र अर्को राष्ट्रिय गौरवका आयोजनाहरुको लागि छुट्टै कानून बनाएर ति आयोजनाहरुलाई कार्यान्वयन गर्नुपर्छ भन्ने । राष्ट्रिय गौरवका आयोजनाहरु स्थिति डामाडोल छ । एउटा मास्टर प्लान छैन । त्यसकारण यस सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउनुपर्छ ।’

बैठकमा बोल्ने अधिकांश सांसदहरुले दीर्घकालीन र उच्च प्राथमिकताका आयोजनाहरूको कार्यान्वयन क्षमता बढाउन आवश्यक नीति, कानून र योजना निर्माणमा सरकारको गम्भीर ध्यानाकर्षण गर्नुपर्ने बताउनु भयो । समिति बैठकमा बिहीवार राष्ट्रिय गौरवका आयोजनाहरुको स्थलगत अनुगमन प्रतिवेदनको मस्यौदामाथि छलफल गरिएको छ ।