काठमाडौँ । नेकपा भित्रको अन्तरकलह मथ्थर हुदै गएको र सचिवालय बैठक बस्दै गर्दा पूर्बसंञ्चारमन्त्री एबं नेकपा केन्द्रिंय सदस्य तथा अध्यक्ष एबं प्रधानमन्त्री केपि ओलीका बिश्वासपात्र गोकुल बास्कोटाले सामाजिक संञ्जालमा एउटा स्टाटस पोष्ट गर्नुभयो । चर्चित लोकगायक भगवान भण्डारीले गाउनु भएको गित बनमा काडा छ को केही अंश । बास्कोटाले लेख्नुभयो -भगवान भण्डारी आजकल कहाँ छन मलाई थाछैन।तर नेकपा उनले गाएको गीत जस्तै छ तिमी धरान म भएँ चितौन,वनमा काँडा छ तर विरानो नसम्झ माया गाढा छ।
नेकपा भित्रको कलह यो गित जस्तै भएको भन्दै बास्कोटाले जति बिमति भएपनि नेताहरु बीच सहमति हुने कुरा उल्लेख गर्नुभएको थियो । तर बास्कोटाको जवाफ गायक भण्डारीले निकै रमाईलो तरिकाले फर्काउनु भएको छ । कुनै समय अखिल कै राजनीति गरेका भण्डारी अचेल अमेरिकाको बाल्टिमोरमा बसोबास गर्न थाल्नु भएको छ ।
उहाले बास्कोटालाई जबाफ फर्काउदै लेख्नुभयो म यतै औरीका तिर छु गोकुल जी , के गर्ने दोहोरीमा तपाईहरूलाई जित्न सकिएन क्यारे , बेला बेलामा फेसबुक पोष्टमा सम्झिराको हुन्छु हेर्दै गर्नुहोला । हुन त तपाईॅंलाई नसम्झने नेपाली को होला र ? कमरेट भनेर सम्बोधन गर्न पनि हजुरको रेट नै त्यति धेरै छ कसरी कमरेट भनौ र ?
गायक मण्डारीले नेताहरुलाई दोहोरीमा जित्न नसकिएको भन्दै बास्कोटको रेट नै महङ्गो भएका कारण कमरेट भनेर सम्बोधन गर्नुभएको छ । भण्डारीले लेख्नु भएको छ हजुरको रेट नै त्यति घेरै छ कसरी कमरेट भनौ । पूर्ब संञ्चारमन्त्री बास्कोटाले सुरक्षित मुद्रण खरिद प्रकरणमा ७० करोडको अडियो बाहिरिएपछि राजिनामा दिनु भएको थियो ।











