२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै करकाे दर हेरफेर विवादमा सरकारद्धारा अर्थमन्त्रीको बचाउ, मेहनत गरेर बजेट ल्याएकाे दाबी विपक्षीसँग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै रहेनछन्ः प्रवक्ता पोखरेल रास्वपा बागमती प्रदेश अधिवेशन हेटौँडामा सुरु, नयाँ नेतृत्व चयन हुँदै महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले गर्‍यो ग्रहण सरकारद्वारा चार जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति कार्यसम्पादनमा देखिएका समस्या तत्काल समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन ‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ को नतिजा सार्वजनिक, ‘ऊनको स्वीटर’ उत्कृष्ट चलचित्र नेपाल रेडक्रसमा नौ सदस्यीय तदर्थ समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली, दाहाल, र नेपालबीच आज छलफल हुँदै , सहमतिका लागि उपायहरु खोजिँदै



अ+ अ-

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको अन्तरकलह समाधान उन्मुख हुँदै गएको छ । पटक पटक स्थायी समितिको बैठक स्थगित गरेर दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच निरन्तर सम्बाद पनि दुई शीर्ष नेताहरु सहमतिको नजिक पुगेका हुन् ।

दुई नेताबीच भएको छलफलको विषयलाई अर्का वरिष्ट नेता माधव कुमार नेपाललाई जानकारी गराउँदै आए पनि आज भने तीन नेताबीच छलफल गरेर समाधान खोजिने भएको छ । यसका लागि आज दिउँसो अध्यक्ष तथा प्रधानमन्त्री ओली, अर्का अध्यक्ष दाहाल, नेता नेपाल बीच बालुवाटारमा छलफल हुँदैछ ।

आज एक तहको सहमति भए भोलिसम्मका लागि रोकिएको स्थायी समितिको बैठक पुनः सुचारु हुनेछ भने छलफल निरन्तर रहे बैठक पुनः रोकिने एक नेताले जानकारी दिए । अधिकार, कार्यक्षेत्र र पदीय भागबण्डामा बिमति रहेका नेताहरु फेरि एक पटक लिखित रुपमा नै निर्णयमा पुग्न लागेको पनि ती नेताले जानकारी दिए ।

शीर्ष तहको सम्वाद पछि नै सडकमा निस्किएका दुबैतिरमा कार्यकर्ता फर्किएको र नेता तथा कार्यकर्ता बीचको आरोप प्रत्यारोपको श्रृंखला थामिएको थियो ।

बरिष्ठ नेता नेपालले दुई अध्यक्षबीच मात्र हुने सहमति मान्य नहुने अभिव्यक्ति दिँदै आउनु भएको छ भने अर्का नेता झलनाथ खनालले पनि सबै बिषय स्थायी समितिको बैठकबाट नै टुङ्गो लगाउनु पर्ने अडान राख्दै आउनु भएपनि नेतालाई भने छलफलमा सहभागी गराइएको छैन ।