२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिवन्धको घोषणा ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते फिलिपिन्समा शक्तिशाली भूकम्पपछि जारी सुनामी चेतावनी इण्डोनेसियाले फिर्ता लियो इरानी पेट्रोकेमिकल उद्योगमाथि आक्रमणको बदलामा इजरायली शहर हाइफामा इरानद्वारा क्षेप्यास्त्र प्रहार यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन नियमविपरीत निर्माण गरिएका संरचना हटाउन आग्रह यस्ता छन् औद्योगिक क्षेत्रको भाडा नतिर्ने उद्योगहरू तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्पष्ट ढुवानीमैत्री नीति आवश्यकः सांसद नेम्वाङ



अ+ अ-

काठमाडौँ । नेकपा एमाले सांसद सुहाङ नेम्वाङले स्पष्ट ढुवानीमैत्री नीति आवश्यक रहेको बताउनुभएको छ ।

बिहीवारको प्रतिनिधि सभामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । कर बीमा र अनुमति प्रक्रिया डिजिटल एकद्वार प्रणालीबाट सरल बनाइनुपर्ने माग गर्नुभयो । साथै भौतिक पूर्वाधारमा प्राथमिकता दिइ सुधार गर्न जरुरी रहेको बताउनु भयो । उहाँले यो केबल आर्थिक गतिविधिको कुरा होइन, राष्ट्र चलायमान राख्ने प्रश्न पनि भएको उल्लेख गर्नुभयो । उहाँले राष्ट्रको महत्वपूर्ण क्षेत्र ढुवानी तथा यातायात सेवा राष्ट्रको गतिशिलता सुनिश्चित गर्ने मेरुदण्ड भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रको महत्वपूर्ण क्षेत्र ढुवानी तथा यातायात सेवा राष्ट्रको गतिशिलता सुनिश्चित गर्ने मेरुदण्ड हो । हामी सबैलाई थाहा छ, हवाई सेवा नाजुक र भरपर्दो अवस्थामा नहुँदा पनि विपद् वा महामारीको घडीमा खाद्यान्न, औषधि, महामारीका सामग्रीदेखि कृषि उपजसम्म देशका कुनाकुनामा पु¥याउने काम यिनै व्यवसायीहरुले गरेका हुन् ।

तर, यति महत्वपूर्ण क्षेत्र अहिले कानूनी अष्पष्टता, नीति, कार्यान्वयनमा अलमलता, दोहोरो करको बोझ, अनुमति बीमा र कर प्रणालीमा एकद्वार नभएको, पूर्वाधार विकासको अभाव, इन्धनको अस्थिर मूल्यले लागत बढ्दै जानु जस्ता समस्याहरुले ग्रस्त छ । स्पष्ट ढुवानीमैत्री नीति आवश्यक छ । कर बीमा र अनुमति प्रक्रिया डिजिटल एकद्वार प्रणालीबाट सरल बनाइनुपर्छ । साथै भौतिक पूर्वाधारमा प्राथमिकता दिइ सुधार गर्न जरुरी छ । यो केबल आर्थिक गतिविधिको कुरा होइन, राष्ट्र चलायमान राख्ने प्रश्न पनि हो ।’

सांसद नेम्वाङले ढुवानी तथा यातायात सेवा अहिले कानूनी अष्पष्टता, नीति, कार्यान्वयनमा अलमलता, दोहोरो करको बोझ, अनुमति बीमा र कर प्रणालीमा एकद्वार नभएको, पूर्वाधार विकासको अभाव, इन्धनको अस्थिर मूल्यले लागत बढ्दै जानु जस्ता समस्याहरुले ग्रस्त रहेको बताउनु भयो ।