२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै करकाे दर हेरफेर विवादमा सरकारद्धारा अर्थमन्त्रीको बचाउ, मेहनत गरेर बजेट ल्याएकाे दाबी विपक्षीसँग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै रहेनछन्ः प्रवक्ता पोखरेल रास्वपा बागमती प्रदेश अधिवेशन हेटौँडामा सुरु, नयाँ नेतृत्व चयन हुँदै महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले गर्‍यो ग्रहण सरकारद्वारा चार जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति कार्यसम्पादनमा देखिएका समस्या तत्काल समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन ‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ को नतिजा सार्वजनिक, ‘ऊनको स्वीटर’ उत्कृष्ट चलचित्र नेपाल रेडक्रसमा नौ सदस्यीय तदर्थ समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको भनाईमा राजनीतिक पूर्वाग्रह छैनः परराष्ट्र



अ+ अ-

काठमाडौः प्रधानमन्त्री केपी शर्मा ओलीले भानुजयन्तीका अवसरमा भगवान श्रीराम र अयोध्याका विषयमा व्यक्त विचार कुनै राजनीतिक पूर्वाग्रहबाट प्रेरित नभएको र कसैको भावना एवं संवेदनशीलतामा चोट पु–याउने उद्देश्य नरहेको परराष्ट्र मन्त्रालयले स्पष्ट गरेको छ ।

मन्त्रालयले जारी गरेको पछिल्लो विज्ञप्तिमा भगवान श्रीराम र उहाँसँग सम्बन्धित ठाउँहरुका बारेमा धेरै किंवदन्ती र प्रमाणहरु रहेको जनाउँदै प्रधानमन्त्रीले रामायण, श्रीराम र यस समृद्ध सभ्यताको व्यापक सांस्कृतिक पक्षको थप अध्ययन र अनुसन्धान आवश्यक रहेको कुरालाई जोड दिनुभएको बताइएको छ ।

प्रधानमन्त्रीले व्यक्त गर्नुभएका विचारहरुले अयोध्या र यसको सांस्कृतिक महत्वलाई अवमूल्यन गर्न नखोजेको परराष्ट्रले स्पष्ट गरेको छ ।

मन्त्रालयले विज्ञप्तिमा भनेको छ, हरेक वर्ष विवाहपञ्चमीका दिन भारतको अयोध्याबाट नेपालको जनकपुरसम्म वैवाहिक डोली लिएर आउने प्रचलन छ । नेपाल र भारतका प्रधानमन्त्रीहरुले सन् २०१८ मा संयुक्त रुपमा रामायण सर्किटको उदघाटन गर्नुका साथै जनकपुर–अयोध्या सिधा बस सेवा शुरु गर्नु भएको थियो । यी तथ्यहरुले दुई देशबीच र दुई देशका जनताबीचको सांस्कृतिक सामिप्यतालाई झल्काउँछ ।

प्रधानमन्त्री ओलीले भानुजयन्तीका अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक समारोहमा भगवान श्रीरामको जन्म पर्साको ठोरी नजिक भएको विवादास्पद भनाई सार्वजनिक गर्नु भएको थियो । प्रधानमन्त्रीको उक्त भनाईप्रति सत्तारुढ नेकपाभित्रैबाट विरोध भएको छ ।

प्रधानमन्त्रीले राष्ट्रका मूल मुद्दालाई ध्यान दिन छाडेर घटनाहरुलाई विषयान्तर गर्न खोजेको नेकपाकै वरिष्ट नेताहरुले आरोप लगाउनु भएको छ ।