२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
दुग्ध विकास बोर्डलाई प्रभावकारी र परिणाममुखी बनाउन मन्त्री चौधरीकाे आग्रह पूर्वअर्थमन्त्री महतले भने: २१ खर्ब २४ अर्बको बजेट महत्वाकांक्षी तर कार्यान्वयनयोग्य सभामुखले संसदलाई पेलेर लैजाने नीतिले सही गन्तव्यमा पुग्न सकिँदैनः सांसद शाही प्रतिनिधि सभाको मर्यादा कायम राख्न सभामुख अर्यालको निर्देशन राज्य एक्लैले विकास सम्भव हुँदैन, निजी क्षेत्रको सहभागिता अपरिहार्य: पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे राप्रपाले माग्यो अर्थमन्त्री वाग्लेको राजीनामा विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गर्दै अध्यक्ष राईद्वारा सङ्कल्प प्रस्ताव पेश सभामुखद्वारा संसदमा ५ मिनेट मौनधारणप्रति आपत्ति, ‘सभाको मर्यादा उल्लंघन भएको’ टिप्पणी अर्थमन्त्री वाग्लेले करकाे दर मनलाग्दी संशोधन गरेको सांसद थेवेकाे दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कास्की पहिरोमा ज्यान गुमाउनेको परिवारलाई रु १ लाख राहत र घाइतेलाई निशुल्क उपचार



अ+ अ-

पोखरा । कास्कीको पहिरोमा परी ज्यान गुमाउनेको परिवारलाई १ लाख रुपैयाँ राहत र घाइतेलाई निशुल्क उपचार गरिने भएको छ । जिल्ला विपद् व्यवस्थापन समिति कास्कीको शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।

‘मृतकका परिवारलाई प्रति मृतक १ लाखको दरले तत्काल राहत उपलब्ध गराउने तथा घाइतेको सरकारी अस्पतालमा निशुल्क उपचारको व्यवस्था गरेका छौं’ समितिको निर्णयमा भनिएको छ । समितिले अन्य सरकारी मापदण्डका राहत पनि उपलब्ध गराउने निर्णय गरेको छ ।

कास्कीमा बिहीबारदेखि परेको अविरल वर्षाका कारण विभिन्न ठाउँमा पहिरो जाँदा ७ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । घाइतेहरुको पोखराकै मणिपाल अस्पताल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।