काठमाडौँ । सरकारले प्लाष्टिकजन्य पदार्थबाट हुने वातावरणीय प्रदुषण न्युनिकरण गर्न ४० माइक्रोन भन्दा पातलो प्लाष्टिकको उत्पादन, आयात, विक्री वितरण र प्रयोगमा २०८२ मंसिर १ गतेदेखि लागू हुने गरी रोक लगाउने भएको छ ।
आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणका क्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताउनुभएको हो । उहाँकाअनुसार हाल सञ्चालित उद्योगमा यसअनुरुपको गुणस्तर वृद्धि गर्न दायि प्रतिष्थापनका लागि पुँजीगत अनुदान दिने व्यवस्था मिलाइएको छ । पग्लिँदै गरेका हिमाल, सुक्दै गएका हिमनदी, समग्र इकोसिस्टममा परेको प्रतिकुल प्रभावलाई दृष्टिगत गरी वातावरण संरक्षणका कार्यक्रम सञ्चालन गर्ने बताउनु भयो ।
जलवायु न्यायको सिद्धान्तअनुरुप नेपालको हित संरक्षणका लागि अन्तर्राष्ट्रिय मञ्चहरुमा पैरवी गर्ने बताउनु भयो । जलवायु कोषहरुमा वित्तीय कोष अभिवृद्धि गर्ने बताउनु भयो । सगरमाथा संवादका निष्कर्षहरु कार्यान्वयन गर्ने बताउनु भयो । विश्व समुदायसँगको सहकार्यमा जलवायु अनुकुलनका कार्यक्रमहरुलाई प्रदेश र स्थानीय तहसम्म आन्तरिकीकरण गर्ने बताउनु भयो । कार्बन व्यापारका सबै आयामहरु समेट्ने गरी नीतिगत स्पष्टता ल्याइने बताउनु भयो ।












