२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
सरकारले सुशासनका राम्रा अभ्यास गरेको छः यादव रास्वपा मधेश प्रदेश अधिवेशनका सम्पूर्ण गतिविधि अर्को सूचना नआएसम्म स्थगित प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै करकाे दर हेरफेर विवादमा सरकारद्धारा अर्थमन्त्रीको बचाउ, मेहनत गरेर बजेट ल्याएकाे दाबी विपक्षीसँग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै रहेनछन्ः प्रवक्ता पोखरेल रास्वपा बागमती प्रदेश अधिवेशन हेटौँडामा सुरु, नयाँ नेतृत्व चयन हुँदै महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले गर्‍यो ग्रहण सरकारद्वारा चार जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति कार्यसम्पादनमा देखिएका समस्या तत्काल समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई अध्यक्षबीच छलफल हुँदै , दुबै पक्ष आ-आफ्नो अडानमा कायमै



अ+ अ-

काठमाडाैंः लगभग पार्टी विभाजनकाे मोडमा पुगेको नेकपामा अध्यक्ष  एबं प्रधानमन्त्री  केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज आइतबार पनि छलफल हुँदैछ । बिहान १० बजे बालुवाटारमा हुने भनिएको छलफलमा पछिल्लो विकसित घटनाक्रमका बारेमा छलफल हुने  जनाइएको छ ।

शनिबार साँझ प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई आआफ्नो कित्ता स्पष्ट पार्न आग्रह गर्नुपछि राजनीतिक घटना नयाँ मोडमा पुगेको छ । दुबै पक्ष पार्टी फुटको अपजस आफूले लिन नचाहेको अवस्था तथा अर्को पक्षलाई गलाउने अभियानले समस्यालाई झनै गिजोल्दै गएको छ ।

ओली पक्ष पनि टसको मस नभएको अवस्था तथा ओली-इतर खेमा जुनसुकै हुर्मत लिएर भएपनि ओलीलाई हटाउने अभियानका कारण कठिन मोडमा पुगेको नेकपाका मुख्य दुई शीर्ष नेताहरुबीच छलफल हुन लागेको हो । शनिबार पनि दुई अध्यक्षबीच छलफल हुने भनिए पनि आआफ्नै गुटगत छलफलका कारण हिजो वार्ता हुन सकेकाे थिएन ।