२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
ट्राफिक नियम उल्लङ्घनमा २,३९२ चालक कारबाही, २४ घण्टामा २१ लाखभन्दा बढी राजस्व सङ्कलन बालेन्द्र सरकारमा सुधन गुरुङ पुनः गृहमन्त्री, आजै ३ बजे शपथग्रहण आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’का रूपमा मनाउने श्रममन्त्री यादवको घोषणा एमाले पुनर्गठन कार्यदलको बैठक च्यासलमा सुरु, एक महिनाभित्र प्रतिवेदन बुझाइने पोखरा बसपार्क निर्माणका लागि महानगर र जग्गाधनीबीच सहमति, रिट फिर्ता लिने समझदारी तोलामा २ हजारले बढ्यो सुनको मूल्य डेडिकेटेड–ट्रङ्क लाइन बक्यौता असुली तत्काल अघि बढाउन अध्यक्ष घिसिङको आग्रह विश्वकप हेर्न हिँडेका एन्फा अध्यक्ष र महासचिवलाई अध्यागमनले विमानस्थलबाट फर्कायो सुरक्षित नेपालका लागि साझेदारी, ज्ञान र उत्थानशीलताको आवश्यकतामा जोड काठमाडौं महानगरपालिकाको १९ औं अधिवेशन यही जेठ ३१ गते हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्ड र प्रधानमन्त्री निकट स्थायी समिति सदस्यबीच छलफल, एकतामा जोड



अ+ अ-

काठमाडाैंः  नेकपा भित्रको अन्तरकलह र सम्भावित राजनीतिक परिस्थितिका बारेमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली निकट स्थायी समिति सदस्यहरुसंग छलफल गर्नुभएको छ ।

खुमलटारमास्थित दाहाल निवासमा भएको छलफलमा सहभागीहरुले पार्टी विभाजन उन्मुख भएको भन्दै दुई अध्यक्षको मन मिलेर पार्टी एकता भएको र यो समस्या पनि दुबै जनाले सम्बाद गरी मिलाउनु पर्ने सुझाव दिएका थिए ।

सबै एउटा डुंगामा सवार रहेको र डुंगा डुब्दा सबै जना डुबिने भन्दै नेताहरुले छलफल र सहमतिबाट समस्या समाधान गर्नु सुझाएका थिए । छलफलमा विष्णु पौडेल, ईश्वर पोखरेल, सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, विष्णु रिमाल र शंकर पोखरेल लगायत जनार्दन शर्मा, नारायणकाजी श्रेष्ठ, मात्रिका यादव, हरिवोल गजुरेल र सुरेन्द्र पाण्डे सहभागी थिए ।

छलफलका क्रममा केही नेताले अध्यक्ष दाहाललाई पार्टीमा मतान्तर बढ्दै जाँदा तेश्रो पक्ष हाबी हुने तर्फ संकेत गर्दै त्यसपछि सिंहदरबारको यात्रा कठिन हुने सुनाएका थिए ।

हामी नमिल्दा तेश्रो शक्ति मौकाको खोजीमा छ, त्यसले सबैको टाउकोमा बजार्छ, अनि पछुताउनु बाहेकको विकल्प हुँदैन, ती नेतालाई अध्यक्ष दाहाललाई भने । साथै मतान्तर भएपनि नेतृत्वलाई खुइल्याउने हिसाबका गतिविधि भएको भन्दै त्यसलाई तत्काल रोक्नु पर्ने बारेमा पनि छलफल भएको थियो ।

पार्टीमा विवाद बढ्दै जाँदा सहमतिका लागि नेतृत्वलाई दवाव दिनुको सट्टा एक एर्का समूह प्रति छुद्र टिप्पणी र आलोचना बढ्दै भएको छ । आज पाँचौ दिन पनि जारी स्थायी समितिको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ ।