२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
सरकारले सुशासनका राम्रा अभ्यास गरेको छः यादव रास्वपा मधेश प्रदेश अधिवेशनका सम्पूर्ण गतिविधि अर्को सूचना नआएसम्म स्थगित प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै करकाे दर हेरफेर विवादमा सरकारद्धारा अर्थमन्त्रीको बचाउ, मेहनत गरेर बजेट ल्याएकाे दाबी विपक्षीसँग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै रहेनछन्ः प्रवक्ता पोखरेल रास्वपा बागमती प्रदेश अधिवेशन हेटौँडामा सुरु, नयाँ नेतृत्व चयन हुँदै महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले गर्‍यो ग्रहण सरकारद्वारा चार जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति कार्यसम्पादनमा देखिएका समस्या तत्काल समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली सेनाका सहायक रथी सुरेन्द्र सिंह रावल र महासेनानी अनिल खड्का बर्खास्त



अ+ अ-

काठमाडाैंः नेपाली सेनाकाे समरी जनरल सैनिक अदालतबाट अनुशासन तथा आचरण सम्बन्धी कसूर गरेको अभियोगमा दोषी ठहरिएका सहायक रथी सुरेन्द्र सिंह रावल महासेनानी अनिल खड्का बर्खास्त भएका छन् ।  उनीहरू दुबैलाइ सैनिक ऐन २०६३ बमोजिम कारवाही गरिएको नेपाली सेना जंगी अड्डाले जनाएकाे छ ।

माथिल्लो कमाण्डरले लिखित रुपमा दिएको आदेश जानी जानी पालना नगरी अवज्ञा सम्बन्धी कसूर गरेको, सैनिक सुव्यवस्था तथा अनुशासन विपरितको काम गरेको र आफ्नो ओहदा अनुसारको जिम्मेवारी र आचरण नगरेको उक्त अदालतले ठहर गरेको नेपाली सेनाले जनाएकाे छ । 

पद्धति र प्रणालीमा आधारित संगठन संचालनमा जोड दिँदै पारदर्शिता र जवाफदेहिता कायम गर्ने तथा दण्डहीनताको अन्त्य गर्ने वर्तमान नेतृत्वको लक्ष्य अनुसार अनुशासन र आचरण बिपरित कार्य गर्नेहरुलाई शून्य सहनशीलताको नीति अवलम्बन गर्दै संगठन सुदृढीकरणमा नेपाली सेना प्रतिवद्ध रहेको पनि सेनाले स्पष्ट गरेकाे छ ।