२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
सरकारले सुशासनका राम्रा अभ्यास गरेको छः यादव रास्वपा मधेश प्रदेश अधिवेशनका सम्पूर्ण गतिविधि अर्को सूचना नआएसम्म स्थगित प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै करकाे दर हेरफेर विवादमा सरकारद्धारा अर्थमन्त्रीको बचाउ, मेहनत गरेर बजेट ल्याएकाे दाबी विपक्षीसँग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै रहेनछन्ः प्रवक्ता पोखरेल रास्वपा बागमती प्रदेश अधिवेशन हेटौँडामा सुरु, नयाँ नेतृत्व चयन हुँदै महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले गर्‍यो ग्रहण सरकारद्वारा चार जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति कार्यसम्पादनमा देखिएका समस्या तत्काल समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनमा भेटियो फेरी अर्को भाइरस, महामारी ल्याउन सक्ने



अ+ अ-

चीनबाट फैलिएको कोभिड–१९ ले अहिले विश्वलाई सताइरहेको छ । यसैबीच अर्को खबर फैलिएको छ, चीनमा नयाँ भाइरस भेटिएको । खबरमा भनिएको छ, चीनका वैज्ञानिकहरुले फ्लुको एक यस्ता नयाँ स्ट्रेन पहिचान गरेका छन्, जसमा महामारीको रुपमा आफ्नो स्वरुप बदल्ने सक्ने क्षमता छ । उपलब्ध जानकारी अनुसार उक्त स्ट्रेन सुँगुरमा हुन्छ तर, यसले मान्छेलाई पनि संक्रमित बनाउने सक्ने जोखिम छ ।

जोखिमपूर्ण कुरा त के भने, उक्त भाइरसले आफ्नो स्वरुप बदल्न सक्छ । यसरी एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै फैलनसक्नेछ र सजिलै महामारीको रुप लिन सक्ने भन्दै शोधकर्ता यसबाट चिन्तित छन् ।

शोधकर्ताहरुका अनुसार यो भाइरसमा ति सबै लक्षण छन्, जसले मान्छेलाई संक्रमित गर्न सक्छ । त्यसैले यो भाइरसमाथि निगरानी राख्न जरुरी छ । यो एकदमै नयाँ भाइरस भएकाले मान्छेको शरीरमा यो रोगसँग लड्ने प्रतिरक्षा क्षमता कम वा पटक्कै छैन । यो खबर बिबिसी अनलाइनमा प्रकाशित छ ।