२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
११ बजे मन्त्रिपरिषद् बैठक बस्दै ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिवन्धको घोषणा ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते फिलिपिन्समा शक्तिशाली भूकम्पपछि जारी सुनामी चेतावनी इण्डोनेसियाले फिर्ता लियो इरानी पेट्रोकेमिकल उद्योगमाथि आक्रमणको बदलामा इजरायली शहर हाइफामा इरानद्वारा क्षेप्यास्त्र प्रहार यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रष्टाचार रोक्नका लागि उच्चस्तरिय छानविन समिति बनाउनुपर्छः सांसद बेलबासे



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा सांसद गंगाकुमारी बेलबासेले भिजिट भिषा प्रकरणले विश्वसामु नेपालीको शिर निहुराएको बताउनुभएको छ ।

शुक्रवार राष्ट्रिय सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद बेलबासेले यस्तो बताउनुभएको हो ।उहाँले त्रिभूवन विमानस्थल अध्यागमनदेखि मन्त्रालयसम्मका कर्मचारीहरु छानविनमा तानिएकाले त्यसको छानविनका लागि उच्चस्तरीय समितिको माग गरिएको बताउनु भयो ।

भिजिट भिसा प्रकरणले विश्वसामु नेपालीको शिर निहुराएकोले दोषीलाई छानविनको दायरामा ल्याइ सजायको भागीदार बनाएर विश्वसामु शिर ठाडो बनाउनेगरी काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । सांसद बेलबासेले नीतिगत कमजोरी सुधार्न र भ्रष्टाचार रोक्नका लागि पनि उच्चस्तरिय छानविन समिति बनाउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘केही दिनदेखि प्रतिनिधिसभा अबरुद्ध छ । अध्यागमनका कर्मचारी अनुसन्धानमा तानिनु भयो । एउटा लामो सञ्जालसहितको भ्रष्टाचार भइरहेको विषयहरु आयो । भिजिट भिषामा नेपालीलाई बाहिर पठाउने र कुनै देश पठाइसकेपछि हुने आर्थिक चलखेल भएको छ । बाहिरबाट पनि धेरै मानिस सहभागि भएको देखियो । ट्राभल एजेन्सी, मेनपावर एजेन्ट र कर्मचारीसहित एउटा तह भ्रष्टाचारमा मुछिएको देखियो । अदुअआले छानविनमा तानिएपछि प्रतिनिधिसभा अबरुद्ध छ । गृहमन्त्रीको राजीनामाको मागबाट केही लचक हुँदै छानविन समितिको माग गरिएको छ । त्यसकारण अहिलेपनि हाम्रो हौसला अगाडि बढाउन तयार छौं । प्रतिनिधि सभामा सबै दल एउटा सहमतिमा पुग्ने प्रक्रियामा हुनुहुन्छ । नीतिगत समस्या कहाँ कहाँ हो र यो अहिलेमात्रै हो कि पहिलेदेखि नै हो त्यसबारेमा छलफल आवश्यक छ । कानुनमा भएका कमी कमजोरीप्रति जिम्मेवार बनेर अघि बढ्नुपर्ने देखिन्छ । भिजिट भिसामै जानेका लागि रोक्न सकिन्छ । तर संगठित रुपमा भिजिट भिषामा जानेहरुलाई किन रोक्न सकिएन ? अध्यागमनदेखि मन्त्रालयसम्मका कर्मचारीहरु छानविनमा तानिएका छन् । नीति गत कमी,कमजोरी कहाँ कहाँ छ र त्यसको छानविनका लागि उच्चस्तरीय समिति माग गरिएको हो । हाम्रो चुस्त दुरुस्त प्रशासन चलाइरहेका छौं भनेर विश्वास दिलाउनु पर्ने र विश्वसामु शिर ठाडो बनाएर हिड्नका लागि यस्ता विषयलाई छानविनको दायरामा ल्याइ दोषीलाई सजायको भागीदार बनाउनुपर्छ र आइन्दा यस्ता समस्याहरु नआउनका लागि तल्लो तहमा काम गर्ने एजेन्टहरुले अबसर नपाउनेगरि कानून बनेको छ । सोही कानूनअनुसार हिँड्नु अहिलेको आवश्यकता हो ।’

उहाँले आगामी दिनमा यस प्रकारका समस्या आउन नदिन तल्लो तहमा काम गर्ने एजेन्टहरुलेसमेत अवसर नपाउने गरी कानून बनेको र सोही कानूनअनुसार अघि बढ्नु आजको आवश्यकता भएको स्पष्ट पार्नुभयो ।