२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
बालेन्द्र सरकारमा सुधन गुरुङ पुनः गृहमन्त्री, आजै शपथग्रहण आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’का रूपमा मनाउने श्रममन्त्री यादवको घोषणा एमाले पुनर्गठन कार्यदलको बैठक च्यासलमा सुरु, एक महिनाभित्र प्रतिवेदन बुझाइने पोखरा बसपार्क निर्माणका लागि महानगर र जग्गाधनीबीच सहमति, रिट फिर्ता लिने समझदारी तोलामा २ हजारले बढ्यो सुनको मूल्य डेडिकेटेड–ट्रङ्क लाइन बक्यौता असुली तत्काल अघि बढाउन अध्यक्ष घिसिङको आग्रह विश्वकप हेर्न हिँडेका एन्फा अध्यक्ष र महासचिवलाई अध्यागमनले विमानस्थलबाट फर्कायो सुरक्षित नेपालका लागि साझेदारी, ज्ञान र उत्थानशीलताको आवश्यकतामा जोड काठमाडौं महानगरपालिकाको १९ औं अधिवेशन यही जेठ ३१ गते हुने ‘होमस्टे’ले बदलिँदै थारू महिलाको जीवनशैली
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना भाइरस कम्जोर भैएको र यो आफै हराएर जाने इटालीका डाक्टरको दाबी



अ+ अ-

काठमाडौं । इटालीका बैज्ञानिकले अब कोरोना भाइरसको क्षमता कम हुँदै गएको दावी गरेका छन् । अब कोरोनाको खोप नबने पनि यसको क्षमता कम हुँदै गएर आफै हराउने दावी रोग विशेषज्ञहरुले गरेका छन् । सान मार्टिनो अस्पतालमा इन्फेक्सियस डिजिज क्लिनिकका प्रमुखस डाक्टर माटेओ बसेटीले यस्तो दावी गरेका हुन् । उनले सुरुको तुलनामा अहिलेक कोरोना भाइरसको शक्ति कमजोर बन्दै गएको बताएका छन् । उनले विस्तारै यो भाइरस हराएर जाने पनि दावी गरेका छन् । अमेरिकावाट प्रकाशित न्युयोर्क पोष्टमा उल्लेखित समाचार रहेको छ ।  समाचार माध्यमले बसेटीका भनाईलाई उल्लेख गर्दै भनेको छ, मार्च र अप्रिलको शुरुको तुलनामा अहिलेको अवस्था निकै फरक बनिसकेको छ ।

सुरुको समयका भाइरसको शक्ति बढी हुने भएकाले मानिसलाई भाइरसले धेरै च्याप्थ्यो तर अहिले रोकथाम गर्न सकिने अवस्थामा पुगेको दावी गरेका छन् । सुरुमा धेरै विरामीलाई अक्सिजन दिएर भेन्टिलेसनमा राख्नुपर्ने अवस्था देखिएको भए पनि अहिले त्यो अवस्थाका विरामी निकै कम भएको उनको दावी छ । त्यसरी आउने विरामीम निमोनियाको समस्या देखिएको उनले बताएका छन् ।

बसेटीले शोधकर्ताहरुले खोप विकास गर्नुभन्दा पहिला नै कोरोना भाइरस हराउन सक्ने दावी पनि गरेका छन् । तर अन्य केही वैज्ञानिकहरुले भने कोरोना अझ केही वर्ष रहने दावी गरेका छन् । बेलायतको युनिभर्सिटी अफ एक्सेटर मेडिकल स्कुलका प्राध्यापक भरत पंखानियाले अझ केही वर्ष कोरोना भाइरस पृथ्वीमा रहने बताएका हुन् । त्यस्तै विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले पनि कोरोना भाइरसको कारण अहिले झन् धेरै मानिसहरुको निधन भइरहेको बताएको छ । डब्ल्यूएचओले कोरोनाको स्वरुप परिवर्तन भएको दावी गरेको छैन ।
स्रोतः न्युयोर्क पोस्ट