२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न ११ बजे मन्त्रिपरिषद् बैठक बस्दै ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिवन्धको घोषणा ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते फिलिपिन्समा शक्तिशाली भूकम्पपछि जारी सुनामी चेतावनी इण्डोनेसियाले फिर्ता लियो इरानी पेट्रोकेमिकल उद्योगमाथि आक्रमणको बदलामा इजरायली शहर हाइफामा इरानद्वारा क्षेप्यास्त्र प्रहार यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

दलहरूबीच अभूतपूर्व एकता देखियाे भन्दै राष्ट्रपतिद्वारा खुशी व्यक्त



अ+ अ-

काठमाडाैंः राष्ट्रियताका विषयमा दलहरुले अभूतपूर्व एकता देखाएको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नेताहरुलाई धन्यवाद  दिनु भएको छ । बुधबार साँझ संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरुलाई  शीतल निवासमा डाकेर राष्ट्रपति भण्डारीले धन्यवाद दिनु भएको हो ।  

सीमा अतिक्रमणको कुरा आयो। सरकारले नयाँ नक्सा जारी गर्‍यो । संविधानको निशान छाप बदल्न संविधान संशोधन गर्नुपर्‍यो। त्यो क्रममा तपाईंहरूले अभूतपूर्व एकता देखाउनु  त्यसका लागि धन्यबाद छ, राष्ट्रपतिले भन्नुभएकाे छ ।

अब, कोरोनाभाइरसको महामारीमा रोकथाम र नियन्त्रणका  लागि तपाईहरु मिलेर अघि बढ्नुस भन्दै आग्रह समेत गर्नुभएको भेटमा सहभागी एक नेताले न्यूजपाेलारलाइ बताए ।

करिब एक घण्टा चलेको छलफलमा अधिकांश समय  राष्ट्रपति भण्डारीले आफ्ना कुरा राख्दै राष्ट्रियताका विषयमा एक  हुन र संकटमा समयमा हातेमालो गर्न आग्रह गर्नुभएको थियो ।

बैठकमा उपराष्ट्रपति नन्द बहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्नि सापकाेटा, पूर्व प्रधानमन्त्रीहरू, पार्टीका अध्यक्ष एवं वरिष्ट नेताहरू सहभागी रहनु भएकाे राष्ट्रपतिकाे कार्यालयले जनाएकाे छ ।