२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नीतिगत सहजताका लागि सरकार तयार छः मन्त्री भण्डारी



अ+ अ-

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आइएमई ग्रुपले नयाँ नेपाल निर्माणको अभियानमा आपूmलाई उभ्याएको बताउनुभएको छ ।

बुधवार एभरेष्ट फाइबर सिमेन्ट बोर्डको उद्घाटन तथा उत्पादन सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले बोर्डबाट उत्पादित सामग्रीले आयात प्रतिस्थापन गर्दै निर्यात प्रवद्र्धन गर्ने विश्वास व्यक्त गर्नुभएको छ । बोर्डको उत्पादन नेपालमै शुरु भएकोमा खुशी व्यक्त गर्दै उहाँले मुलुकको भूबनावट, विभिन्न समयमा व्यहोर्नुपरेका क्षति, तत्काल उद्धार गर्नुपर्ने बाढी, पहिरो, भूकम्प, आगजनीजस्ता विपद्का समयमा तत्काल पुनःनिर्माणमा यसले मद्दत पु¥याउने बताउनु भयो ।

मन्त्री भण्डारीले निराशाको बीचमा पनि आशाको दियो बाल्दै अघि बढिरहेको आइएमई ग्रुपले अघि सारेका उद्यमशीलताको विकास र विस्तारमा सरकार सधैं साथमा रहने बताउनुभयो । उहाँले उद्योग र उद्यमशीलता जोखिमका बीचमा सुरु गर्नुपर्ने बताउँदै त्यसका लागि निजी क्षेत्रले खोजेको नीतिगत सहजताका लागि सरकार हरसम्भव तयार रहने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘आज आइएमइ ग्रुपको तर्फबाट एभरेष्ट फाइबर सिमेन्ट बोर्ड प्रालिले बोर्ड उत्पादन शुरु भएको छ । यो अत्यन्त खुशीको कुरा हो । विभिन्न लगानीकर्ताहरुको सहकार्यमा हामीले नयाँ नेपाल निर्माणको अभियानमा यो संस्थाले आपूmलाई उभ्याएको छ । हाम्रो उत्पादनले आयात प्रतिस्थापन गर्नेछ । निर्यात प्रवद्र्धन गर्नेछ । र, यो एभरेष्ट फाइबर सिमेन्ट अहिलेको समय सापेक्ष, यसको उपयोगिता, यसको गुणस्तर, यसको प्रयोगको कुरा पर्याप्त छलफल भएको छ चर्चा भएको छ ।

हामी हाम्रो मुलुकको भूवनोट, हामीले विभिन्न समयमा व्यहोर्नुपरेका क्षतिहरु, तत्काल रेस्क्यु गर्नुपर्ने बाढी, पहिरो, भुकम्प आगजनीजस्ता थुप्रै चिजहरु सामना गर्यउौ । त्यसको पुनःनिर्माणका लागि हामीले नयाँ प्रविधिमा यसलाई सुरक्षित भरपर्दो वस्तुको रुपमा यो उत्पादनले आपूmलाई उभ्याएको छ । म यसका सञ्चालक, उत्पादक सबैलाई विशेष धन्यवाद दिन चाहन्छु । हामी नेपाल बन्दैछ, निराशाको बिचमा पनि आशाको दियो बल्दैछ । यतिबेला व्याप्त निराशालाई हामीले केही न केही गरेर देखाइरहेका छौं । देशभित्रै सम्भावना खोजिरहेका छौं । यसका लागि यो ग्रुपले जसरी पाइला अगाडि बढायो । यसको विकास, विस्तारमा सरकार यहाँहरुको साथमा रहने विश्वास दिलाउन चाहन्छु ।

हामीले जबसम्म उत्पादकत्व बृद्धि गर्न सक्दैनौं तबसम्म उद्योगको् योगदान रोजगारीमा हुँदैछ । रोजगारीमा उत्पादनमा उद्यमशीलताबाट मात्र सम्भव छ । कठिन छ उद्योग उद्यमशीलताका लागि सजिलो छैन । प्रतिष्पर्धा गरिरहनुपरेको छ । विश्व बजारसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । हाम्रो लागतलगायतका हिसावले कुरा गर्दा त्यो प्रतिस्पर्धामा छौं तर प्रतिष्पर्धामा श्रेष्ठ हुनसकिरहेका छैनौं ।

एउटा पुल बनाउन सकिन्छ, एउटा रेल चलाउन सकिन्छ, एउटा घर बनाउन सकिन्छ उद्योग खोल्न सजिलो छैन उद्योग खोल्न सकिन्छ, सञ्चालनलगायतका जोखिम छन् ती सबैको सामना गर्नुपर्ने हुन्छ । त्यसैले उद्योग उद्यमशीलता धेरै जोखीमको बिचमा पनि सुरु गर्नुपर्नेछ । त्यसका लागि राज्यको नीति आवश्यक छ । उद्योगीले नीतिगत र पोलिसिमा सहजता खोजेको हुन्छ । आगामी वर्षको कुल विनियोजित बजेटको ०.५ प्रतिशतमात्र बजेट छ । हामीले यतिधेरै उद्योग बनाउनुपर्नेछ, उद्यमशीलतामा सामेल हुनुपर्नेछ, रोजगारी सिर्जना गर्नुपर्नेछ । बजेट चाहिँ चालु आर्थिक वर्षको भन्दा ०.१ प्रतिशत बढायौं । हामीले बजेट भन्दा पनि नीतिमा बजेट दिऔं, बजेट निजी क्षेत्रसँग छ र निजी क्षेत्रसँग रहेको पूँजीलाई बाहिर ल्याउनुछ । भएका नीतिगत समस्या फुकाउँ ।’

उहाँले निजी क्षेत्रसँगको पुँजी लगानीमा भएका नीतिगत समस्या फुकाउँदै अघिबढ्न सरोकारवालासँगको छलफलका लागि मन्त्रालय सधैं तयार रहने बताउनु भयो ।